साहित्य सिर्जना

दिलिप राई सगरको `साईमा स्यामुना` गीतसङ्ग्रह सार्वजानिक

गत ३ अगष्ट २०२४ का दिन दिलिप राई सगरको पाँचौं कृति´साईमा स्यामुना`गीतसङ्ग्रहको सार्वजानिक भएको छ ।

नेपाली साहित्य समाजको आयोजनामा आयोजित कार्यक्रममा गीतकार दिलिप राई सगरको कृति उर्लाबारी नगरपालिकाको सभा हलमा सार्वजानिक गरिएको हो ।

स्रष्टा सगरको यसअघि मायालु ठुली गीत सङ्ग्रह-२०५७, नियति लघुकथा सङ्ग्रह-२०६९, सिम्मा केस्रा सङ्ग्रह-२०७१ र बाराङ लघुकथा सङ्ग्रह-२०७८ प्रकाशित छन् भने उनको तस्बिर शिर्षकको गीति एल्बम बजारमा आइसकेको छ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार शिवशंकर थापा र विशिष्ट अतिथि प्राज्ञ मुनाराज शेर्मा र गीतकार आचार्य प्रभा लगायतले कृतिको विमोचन गरेका थिए ।

विमोचित कृति साईमा स्यामुनाको समीक्षा गायक तथा संगीतकार जेबि थुलुङले गरेका थिए । गीतकारले सङ्ग्रहमार्फत मूल रुपमा आफ्नो सांस्कृतिक सौन्दर्यलाई मौलिक ढंगले पस्किन सक्नु कृतिको बिशेषता रहेको प्रमुख अतिथि थापाले बताए ।

कार्यक्रममा साहित्यकार विवश बलिभद्र कोईराला, साहित्यकार कृष्ण बराल, कवि अभागी थेगुवा, साहित्यकार केशव आचार्य, नारी स्रष्टा भगवती ढुङ्गेल, साहित्यकार सेलिङ केसी, कवि सुन्दर कुरुप, राजकुमार सुब्बा अनिश्चित, कवि विराट किराती, कृष्ण उदासी, निहाङ किराँती, कवि कविता पौडेल, रुमानी कुलङ लगायत झापा, मोरङ, इलाम, सुनसरीका स्रष्टाहरूको उपस्थिति रहेको थियो।

नेपाली साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमीको सभापतित्वमा भएको कार्यक्रममा समाजका कार्यसमिति उपाध्यक्ष गगन योक्पाङदेनले स्वागत गरेका थिए भने महासचिव दधिराम ढकालले कार्यक्रम संचालन गरेका थिए।

Related Articles

Back to top button