साहित्य सिर्जना

९१औं कविता वाचन” श्रृंखला सम्पन्न

-चन्द्र मादेन ‘आन्छन’

काठमाण्डौं, साउन १२ गते शनिवार, मनोहरा साहित्य समाजको आयोजनामा स्थानीय ग्लोवल पव्लिक स्कुल, पेप्सीकोलामा ९१औं कविता वाचन श्रृंखला भव्य र सभ्यता साथ सम्पन्न भएको छ । समाजका अध्यक्ष डिल्लीराज आर्यालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. केदार न्यौपाने र विशेष अतिथि स्रष्टा आरसी रीजाल लगायत विभिन्न व्यक्तित्वहरुलाई यथास्थानमा आथित्य राखिएको थियो ।

स्वंय सभापति डिल्लीराज आचार्यको स्वागत मन्तव्यवाट सुरु भएको उक्त साहित्यिक कार्यक्रममा २७ जना स्रष्टाहरुले सृजना वाचन गर्नुभएको थियो । कविता पस्किनुहुने सर्जकहरु – प्राडा केदार न्यौपाने, अप्सरा पोख्रेल, सालिकराम दाहाल, नुरदेव खनाल, भावना न्यौपाने, चेवन वस्नेत ठूलाघरे , केशव ज्ञवाली, विनन्द वैध्य, डिल्ली प्र. मुलतिहुन, ओम आचार्य, रामशारण न्यौपाने, दिनानाथ पोख्रेल, विजया वस्नेत, कविराज घिमिरे, देवेन्द्रनाथ शर्मा, सुमन पुडासैनि, महेश्वर खनाल, प्रकाश कुईकेल, चन्द्र मादेन आन्छन, राजेन्द्र कु वज्राचार्य, तोयानाथ सुवेदी, अशोक कु लामिछाने,कृष्ण प्र पौडेल जस्ताखरे, अनन्त कु वस्नेत, धरणी धनन्जय, निशा तिमल्सिना न्यौपाने, भाव किशोर वराल हुनुहुन्यो भने आरसी रीजाल र निशा तिमल्सिना न्यौपानेले गीत गाउनुभएको थियो ।

विकृति, विसंगति, वेथितिको विरुद्ध देशप्रेम, पहिचान, प्रकृति र प्रेमका पध्य कविताहरु अधिकांशले श्लोक र मुग्ध छन्दमा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन समाजका साचिव भाव किशोर वरालले गर्नुभएको थियो र माएक हस्तांतरण गर्ने वेलामा वंहाले पनि दमदार कविता सुनाउनु भयो । स्मरणीय रहोस – यो संस्था विधिवत दर्ता भएर निरन्तर प्रत्येक महिनाको दोस्रो शनिवार अपरान्ह सुचारु कृयाशील हुदै आएको ९१ औं श्रृंखला पुगेको छ ।

Related Articles

Back to top button