युके विशेष

पत्रकार महासंध युकेको अध्यक्षमा ३ जनाको उम्मेदवारी

लन्डन ।
गत ६ जुलाई २०२४ का दिन नेपाल पत्रकार महासंघ युकेको नयाँ नेतृत्वको लागि ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा श्यामकुमार लुँइटेल, बिमला सेने र दिनेशकुमार परियारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

१५ सदस्यीय कार्यसमितिको अध्यक्षबाहेक बांकी सबै पद निर्विरोध भएको प्रमुख निर्वाचन आयुक्त नरेश खपाङ्गीमगरले जनाएका छन् ।

निर्वाचन समितिले प्रकाशित गरेको उम्मेदवारको प्रथम नामावली अनुसार वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्ष (खुला) मा शिव भण्डारी, उपाध्यक्ष (महिला) मा प्रमिला लाबुङ राई, महासचिवमा खेमराज रानाभाट, सचिवमा मन्जु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ, र सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम निर्विरोध भएका छन्।

त्यस्तै, सदस्यहरूमा वाचस्पति रेग्मी, बमबहादुर थापा, अमित थेबे, नगेन्द्रराज नेम्वाङ, गोमा राना र मिलनध्वज गुरुङ (मिलन तमु) सर्वसम्मत भएका छन्।
उम्मेदवारी फिर्ता १० जुलाई भित्र गर्न सक्नेछन ।

Related Articles

Back to top button