युके विशेष

गुल्मीका नगरपालिका, गाँउपालिका र जिल्ला समन्वय प्रमुखलाई युकेमा शैक्षिक भ्रमण गराईने

गत २६ मे २०२४ का दिन गुल्मी जिल्ला समाज युकेको नवनिर्वाचित समितिको पहिलो बैठक सम्पन्न भएको छ ।

बैठकले गुल्मीका नगरपालिका, गाँउपालिका र जिल्ला समन्वय प्रमुखलाई युकेमा शैक्षिक भ्रमण गराउने सर्वसम्मत निर्णय गरेको कुरा अध्यक्ष रुद्र थापामगरले जानकारी गराएका छन । गुल्मीमा १० गाँउपालिकाः गुल्मी दरबार, इस्मा, छत्रकोट, कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रुरु, धुर्कोट, मालिका र मदाने रहेका छन भने २ नगरपालिकाः मुसिकोट र रेसुङ्गा रहेका छन ।

Screenshot

देश विदेशको यात्राबाट कहाँ, कसरी विकास गरेको छ भन्ने कुरा जानकारी लिई गुल्मी विकासको निमित्त पनि शिक्षामुलक हुने अपेक्षा सहित गुल्मीका प्रमुखहरुलाई युकेको भ्रमणको निमित्त निमन्त्रणा एवं ब्यवस्थापन गरिने जानकारी गराएका छन ।
बैठकले टष्ट्री र सल्लाहकारहरुको पनि मनोनयन गरेको छ ।

Screenshot

Related Articles

Leave a Reply

Back to top button