नेफिन युकेको पाँचौ महाधिवेशन सम्पन्न अध्यक्षमा योगेश कोयू
गोमा राना,
जुन १६ आइतबारका दिन तमुधी युके भवनमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)युकेको पाँचौ अधिवेशनमा किरात राई यायोख्खाका मेजर योगेश कोयु राई निर्बिरोध अध्यक्षमा चयन भएका छन् ।
जनजाति महासंघमा हरेक तीन वर्षको कार्यकालमा विभिन्न संघ सस्थाको पालो क्रममा किरात राई यायोख्खाबाट अध्यक्ष भएको हो।
कार्यक्रमको शुभारम्भमा अध्यक्ष कमानसिं कर्मा पहाडी शेर्पा र प्रमुख अतिथि रोशन खनाल बाट दिप प्रज्वलन गरि समुद्घाटन् भएको थियो भने राष्ट्रिय गान, अादिवासी जनजाति गीत, ज्ञात अज्ञात सहिदहरुको स्मरणमा १ मिनेट मौन धारण भएको थियो।
नेफिन युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षतामा प्रमुख अतिथि राजदुतावासबाट उपनियोग प्रमुख श्री रोशन खनाल, विशेष अतिथि नेफिन केन्द्रिय समिति नेपालका पुर्व सचिब सस्थाको सल्लाहकार श्री भक्त बहादुर दुरा, आदिवासी जनजाति महिला महासंघका नेत्रकला युमा लिम्बू, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष बम थापा सुर्यबंशी मगर, सस्थापक अध्यक्ष थर्क राना, गोर्खा सत्याग्रहका ज्ञानराज राई, जनप्रगतिशील मंचका मान गुरुङ, नेपाली समाज युकेका अध्यक्ष कमल थुलुङ राइ, किरात राई यायोख्खा धनकुटा जिल्ला नेपालका अध्यक्ष उद्वव राई विभिन्न संघ सस्थाका अध्यक्ष प्रतिनिधि लगायतका विभिन्न ब्यक्तित्वको उपस्थिति रहेको थियो।
पहिलो उद्घाटन सत्रमा अतिथीहरुले आआफ्नो मन्तव्य जस्मा महासंघको मुल उद्देश्य आवाज लक्ष्य र महत्त्व दर्शाउदै शुभकामना ब्यक्त गरेका थिए।
महासंघको डेढ दशक नामक पहिलो स्मारिकाको बिमोचन भएको थियो। स्थापना काल देखि बर्तमान सम्मको कार्यकालमा के के गतिविधि भए बिस्तृत कुराहरुको सङ्गालो दस्तावेजको रुपमा प्रकाशित भएको पुस्तक सबैले उत्साहका साथ लिएका थिए।
पहिलो सत्रको अन्त्यमा अध्यक्ष शेर्पाले आफ्नो कार्यकालमा सबैबाट साथ सहयोग योगदान पाएर नै सफल कार्यकाल भएकोमा खुशी ब्यक्त गर्दै सबैलाई धन्यवाद र आभार ब्यक्त गरेका थिए।
दोस्रो चरण बन्द सत्रमा महाधिवेशनका लागि सल्लाहकार एकेन्द्र गुरुङ प्रमुख आयुक्त रहेको निर्वाचन समितिमा सचिब दुत बहादुर पुन, सदस्यहरुमा विश्वास दीप तिगेला, जङ्ग सुनुवार र श्री लिम्बुको अनुपस्थितिमा सल्लाहकार भक्त दुरा रहेका थिए।
निर्वाचन समितिले नयाँ कार्य समिति घोषणा गरे अनुसार अध्यक्षमा मेजर योगेश कोयु राई, उपाध्यक्षमा बिमला राई, महासचिव फारम बहादुर दुरा, सचिवमा इन्द्र बहादुर दुरा र सदस्यहरुमा बिजय लिङ्थेम र जीत प्रसाद मेयाङ्बो रहेका छन् । बाकी रिक्त पद आगामी दिनमा नियुक्त गर्ने भएको छ।
कार्यक्रममा सस्थाको वरिष्ठ उपाध्यक्ष लीला सेलिङ माबोले स्वागत मन्तव्य राखेका थिए भने महासचिव बिमला सेनेले कार्यक्रम सन्चालन गरेका थिए। एभरेस्ट टाइम्स युके, गोर्खा मिडिया र नेपालीसमाचार डटकम साथै अन्य मिडियाले प्रत्येक्ष प्रशारण गरेका थिए।