भूपू गोर्खा कोलम

गोर्खा वार्ताको प्राविधिक बैठक सम्पन्न (भिडियो सहित)

लण्डन,
बृट्रिस गोर्खाहरुको पेय, पेन्सन र सुविधाहरुको माग राखि आन्दोलनरत गोर्खाहरुको माग सम्बोधन गर्न जारी वार्ताको सिलशिलामा चलिरहदा ११ जुन २०२४ का दिन पनि प्राविधिक समितिको बैठक सम्पन्न भएको छ ।

लण्डन स्थित बेलायती रक्षा मन्त्रालयमा सम्पन्न बैठकले थप कसरी रचनात्मक तवरले अघि बढन सकिन्छ भन्ने विषयमा छलफल भएको हो । पेन्सनको माग सम्बोधन गर्दा के कस्तो समस्याहरु छन भन्ने बेलायती पक्षबाट जानकारी गराएका थिए ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनाल र सैनिक सहचारी अनुप शाह तथा गोरखाहरुका तर्फबाट वार्ताकारहरु मेजर रिटायर्ड जुदबहादुर गुरुङ, धर्मबहादुर तामाङ, गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राई, ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजीडब्ल्यूएस) का सभापति मेजर रिटायर्ड टिकेन्द्र दल देवान र गोरखा पेन्सन इन्जस्टिसका मेजर रिटायर्ड उदयबहादुर गुरुङ थिए ।

बेलायती सरकारका तर्फबाट रक्षा मन्त्रालयका कानुनी सल्लाहकारहरु आन्ड्रिया डीहान र आन्ड्रिया लेइपर, ब्रिगेड अफ गोर्खाजका कर्णेm डेभिड रोबिनसन, आम्र्ड फोर्सेस पेनसन स्किमका प्रमुख क्रिष्टोफर सिल्क, पेन्सनका नीति परामर्शदाताहरु सोफी राक्हाम, नाजिया लोधी, मायोवा आडेटोना, जोनाथन ओकोनर र जेनेभी होर्सटिड थिए ।

बेलायती पक्षले २५ मार्चका दिन पठाएको विभिन्न ३५ बुँदाको उत्तर नपाएको कारण २७ मार्चको मन्त्रीस्तरिय वार्ता निष्प्रभावी बनेको थियो भने अहिले सम्म पनि सो ३५ बुंदाहरुको उत्तर पठाई सकेको छैन । ग्रुप १० का सदस्यहरुले राजदुतलाई पठाई सकेको तर राजदुतावासबाट फाइनल गरि पठाउन बाँकी रहेको छ । सो उत्तर नपठाउनु कमजोरी भएको बताईएको छ ।

बेलायतको लागि नेपाली राजदुतलाई नेपाल सरकारले फिर्ता बोलाई सकेको र आउदो जुलाई ४ का दिन युकेमा आम निर्वाचन हुने भएकोले वार्ता प्रभावित हुने तर्फ पनि सचेत रहेको बैठकमा सहभागीहरुले बताए । अहिले सम्म ८ प्राविधिक वार्ता र ४ वटा मन्त्री स्तरिय वार्ता भई सकेको छ । एकदेश देखि अर्को देशसँगको वार्तामा नेपालको तर्फबाट मन्त्री वार्तामा सहभागिता नहुनु पनि मुख्य कमजोरी औल्याएका छन ।

हेर्नुहोस भिडियो के के भयो वार्तामाः

Related Articles

Back to top button