युके विशेष

११ औं गोर्खा वक/रनिङ सम्पन्नः लगभग ५० हजार पाउण्ड संकलन

आसफोर्ड,
२ जुन २०२४ का दिन युकेको आसफोर्ड टाउन नजिक ग्रेटचाट ग्राउण्डबाट शुरुहुने च्यारिटी वक/रनिङको ११औं संस्करण सम्पन्न भएको छ ।

आसफोर्ड वरो काउन्सिल/जिल्लाका माननीय साँसद तथा पूर्व उपप्रधानमन्त्री डेमिन ग्रीनले नेपालको झण्डा हल्लाएर शुरु भएको वक÷रनिङमा करिब ७ सय जनाले सहभागीता जनाएका थिए । आधा दुरीको बाटो ६ किमी र पूर्णदुरीको बाटो १३ किमी हिडेका थिए भने स्वेच्छाले युवायुवतीहरु दौडिएका थिए ।

पूर्णदुरीको बाटो तिलविक्रम सम्बाहाम्फेले ५९ मिनेटमा पुरागरि प्रथम बनेका थिए भने दिल लिम्बुले १ घण्टा ४ मिनेटमा पुरा गरि दोस्रो र संजीब लिम्बुले १ घण्टा ६ मिनेटमा पुरा गरि तेस्रोस्थान प्राप्त गरेका थिए । सम्बाहाम्फेले पेरिस म्याराथन, वर्लिन म्याराथन, न्यूयोर्क म्याराथन र लण्डन म्याराथन लगायत दौडीसकेका अन्तर्राष्ट्रिय धावक हुन ।

त्यस्तैगरि महिला तर्फ मेरी राई प्रथम, मनकला राई दोस्रो र जेनिसा थापा तेस्रो भईन ।

वक/दौड सम्पन्न लगतै नेपालबाट म्यूजिकल भ्रमणमा आएका राष्ट्रिय कलाकार मनमाया वाइबा र नेसन पुनले करिब एक दर्जन गीत गाएर बेजोड मनोरन्जन गराएका थिए । केही स्थानीय कलाकारहरुले पनि गीत गाएका थिए ।

७३५ भन्दा बढि नम्बर बाँडिएको भएपनि लगभग १५ सय भन्दा बढि टिकट बिक्रि भएको र यस पटक ७ हजार पाउण्ड भन्दा बढि स्पोन्सर नगद जम्मा भएको र १५ सय टिकट १५ पाउण्डको दरले २२ हजार ५ सय र च्यारिटी संस्था भएकोले ३० प्रतिशत सरकारबाट थप र साथै काउन्सिलहरुबाट प्राप्त हुने आर्थिक सहयोग गरि यसपटक लगभग ५० हजार पाउण्ड संकलन हुनेकुरा आयोजक गोर्खा पीस फाउण्डेशनका संस्थापक भिम तुम्बाहाम्फेले बताए ।

कार्यक्रमलाई थिर थापामगरले संचालन गरेका थिएभने लगभग ६० जना स्वयंसेवक खटिएका थिए । फाउण्डेशनले आसफोर्ड र फोक्स्टोनमा प्रत्येक हप्ताको बिहिबार बृद्धा गोर्खा र परिवारलाई स्वास्थ्य, कानुनी, सामाजिक लगायतको सल्लाह सहयोग प्रदान गर्दै आएका छन भने नेपालको विभिन्न दुर्गम गाँउमा विद्यालय र खानेपानी निर्माणमा सहयोगको अलावा असहाय गरिबलाई समेत सहयोग गर्दै आएको छ ।

भिक्टोरियाक्रस विजेता १३ गोर्खा भिसीहरुको स्मरणमा १३ किमी वक/दौड सन् २०१३ देखि प्रत्येक बर्ष संचालन गर्दैै आएको छ । वक/रनिङको लागि लण्डन, अल्डरसुट लगायत टाटाढोबाट सहभागीहरु आएका थिए । अर्को बर्ष २ हजार सहभागी हुने अपेक्षा गरिएको र प्रयोग हुने रोड केही घण्टाको निमित्त बन्द गर्ने पहल गरिएको तुम्बाहाम्फेले जनाएका छन ।

Related Articles

Leave a Reply

Back to top button