युके विशेष

माहिली फाउन्डेसनको उद्देश्य सहित ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा सम्पन्न

९ मार्च २०२४ शनिबारको दिन माहिली फाउन्डेसनयुके, मनोक्रान्तीयुकेको संयोजकत्वमा जूम मार्फत ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न बक्ताहरुले आआफ्नो विचार ब्यक्त गरेका छन ।

कार्यक्रमको शुभारम्भमा माहिली फाउन्डेसनका अध्यक्ष शान्ति लिम्बुले फाउन्डेसनको कृयाकलाप उद्देश्य र भावी योजना प्रष्ट पारेका पारेका थिए। चितवनमा स्थित चेपाङ एकल महिलाहरुको सहयोगको लागि सन् २०१७ मा स्थापना भई ती महिलाको आधारभुत ब्यबस्थापन साथै बालबालिकाहरुको शैक्षिक क्षेत्रमा समेत सहयोग पुगोस् र लामो समय सम्म आत्म निर्भर हुन लुगा सिलाउने मेसिन उपलब्ध गरेको जानजारी दिदै बेलायतमा पनि यो फाउन्डेसनले बृद्धाएकल आमाहरुलाई स्वस्थ राख्न शारीरिक ब्यायामको अभ्यासमा सहयोग पुर्याउदै आएको जानकारी समेत दिएकी थिइन् ।


उक्त भर्चुअल कार्यक्रममा प्रमुख बक्ताहरु डा. सुमाया राई,भारतबाट डा. नाज सिं, अमेरिकाबाट कुशल लेखक ई. सतिस त्रिपाठी, , नेपाली समाचार डटकम्का सम्पादक पत्रकार साहित्यकार विश्वास दीप तिगेला,रोजीना प्रधान, आदिवासी जनजाति पत्रकार महासंघयुकेकी निबर्तमान अध्यक्ष गोमा राना, नेपालबाट सामाजिक अभियन्ता रीता परियार, इजरायलबाट बिश्व नेपाली साहित्य महासंघका महासचिव साहित्यकार सुनिता राईकन्द्ङ्वा, मनोक्रान्ती सम्योजक युके हिमालयन योगा शिक्षक नगेन्द्र नेम्बाङ र विशेष अतिथि गायिका भुमिका शाहले बक्तव्य दिएका थिए ।

कार्यक्रममा महिलाहरू आर्थिक स्वतन्त्रताको लागि समाबेशीकरण र नविनतालाई प्रेरित सम्बन्धमा कसरी महिलाहरुको आत्मनिर्भरताको लागि आर्थिक रुपमा के कसरी कुन योजनालाइ लिएर अगाडि बढ्ने भन्ने बारेमा साथै शिक्षा स्वास्थ्यको महत्व दर्शाउदै सबैलाइ जागरुक बनाउने, विशेष गरि पिछडिएका महिलाहरुको जीवनस्तर बढाउने खालका तालिम दिएर कुनै उत्पादित बस्तु बजार ब्यबस्थापनको लागि सन्चार माध्यमबाट सुसूचित गर्ने जस्ता अत्यन्तै महत्त्वपूर्ण बिचार प्रस्तुत गरेका थिए।

अन्त्यमा उपस्थित सबैलाई धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै कार्यक्रम राख्ने कुरा राख्दै शान्ति लिम्बुले कार्यक्रमको समापन गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button