आदिवासी

युकेमा रहेका लिम्बु महिला (थामेन्दिङमा) को अध्यक्षमा मनमाया चयन

लिला सेलिङ मावो,

लण्डन–किरात याक्थुङ थामेन्दिङमा चुम्लुङ केन्द्रिय कार्य समिती, युकेको अध्यक्षमा मन माया नेम्वाङ निर्विरोध चयन हुनुभएको छ ।

गत २५ मे २०२४ का दिन सेन्ट फ्रान्सीस र्चचको सभाहल, आसर्फोट केन्टमा भएको चौथो महाधिवेसनले आगामी कार्यकालको लागि उपाध्यक्षमा नन्दशोभा लिम्वु, महासचिवमा शुभ लिम्वु, सचिवमा धन थोक्लिहाङ, कोषाध्यक्षमा गौरी ईवा र सहकोषाध्यक्षमा सरला काम्वाङलाई चयन गरेको छ । सदस्यहरुमा शुर्य केरुङ, सरला लिम्वु, रिता फोम्वो र अनिता मादेन रहेका छन।

महाधिवेशनको वन्दशत्रमा गठीत अध्यक्ष मण्डलमा काजीमान यक्सोे, विजय विक्रम लिङदेन र शान्ति खिम्दिङ रहेका थिए भने निर्वाचन मण्डलमा विमला सेने, लिला सेलिङ मावो, र दुर्गा पाङमा रहेका थिए । महासचिव सकुन्तला नेम्वाङले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नन्दशोभा लिम्वुले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई महाधिवेशनले हुवहु पास गरिएको थियो । महाधिवेशनमा थामेन्दिङमा चुम्लुङको निर्वाचन नियमावलीलाई पास गरि सोही अनुसार निर्वाचन प्रकृया गरिएको थियो । निर्वाचित कार्यसमितीलाई अध्यक्ष मण्डलका अध्यक्ष काजीमान यक्सोले सपथ ग्रहण गराउनुभयो । सोही अधिवेशनले किरात याक्थुङ चुम्लुङको केन्द्रिय समितीका लागि महिला उपाध्यक्ष पदमा सानु सुव्वा र महिला सहसचिव पदमा सकुन्तला नेम्वाङलाई चयन गरेको छ ।

महाधिवेसनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख अतिथीको रुपमा उपस्थित किरात याक्थुङ चुम्लुङ युके, (कियाचु) केन्द्रिय समितीका उपाध्यक्ष अमृता पालुवाले–याक्थुङ भाषा, संस्कार सस्कृतिको जर्गेना गर्न आफु सगै आफ्रना छोराछोरीहरुलाई पनि सहभागि गराउन अनिवार्य रहेको वताउनुुभयो । कार्यक्रममा विशिष्टि अतिथिको रुपामा कियाचु युकेका संस्थापक अध्यक्ष खड्रगजंग आङवुहाङ सहभागि भएका थिए । कार्यक्रममा थामेन्दिङमा चुम्लुङका सस्थापक अध्यक्ष लिला सेलिङ मावोलाई लिम्वुभाषामा नया कविता संग्रह सेप्म्माङल्क प्रकाशन गरि लिम्वुभाषा र लिपिमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । अध्यक्ष नेत्रकला (युमा) लिम्वु र प्रमुख अतिथी अमृता पालुवाले थामेन्दिङमा चुम्लुङलाई अनवरत सहयोग गर्दै आउनुभएका महिलाहरुलाई प्रसंसा-पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा सगरमाथा नेपाली समाजका महिला समितीका अध्यक्ष उमा गरुङ, पांचथर समाज युकेका अध्यक्ष शान्ति लिम्वु, नेपाल आदिवासी जनजाती महासंघ युकेका महासचिव विमला सेने, कियाचु युकेका पुर्व अध्यक्ष काजिमान यक्सो, कियाचु युकेका सहकोषाध्यक्ष नर प्रसाद सवेनहिम, जन सम्पर्क तथा विदेश विभाग प्रमुख कमला सेन्दाङ, कियाचु पुर्व उपाध्यक्ष गणेश इजम, पुर्व महासचिव विजय विक्रम लिङदेन, नागरीक समाज युकेका अध्यक्ष छत्र वनेम, लेखक कृष्ण कुमार हेम्व्याले सुभकामना दिनुभएको थियो । सुभकामना दिने क्रममा कियाचु आसफोर्ड साखाका अध्यक्ष सुदिप थोप्रा, फोक्सटन साखाका अध्यक्ष ज्ञान लिम्वु, वारवीकसायर साखाका अध्यक्ष लक्ष्मी लिवाङ, थामेन्दिङमा चुम्लुङ वेल्सका अध्यक्ष शुर्य केरुङ, ग्रेटर लण्डन साखाका कमला लिम्वु, वाकसायर साखाका राधिका लिम्वु लगायतले शुभकामना दिएका थिए । कार्यक्रमलाई महासचिव सकुन्तला नेम्वाङले संचालन गर्नुभएको थियो भने अध्यक्ष नेत्रकला (युमा) लिम्वुले अध्यक्षता गर्नुभएको थियो ।

सोही दिन थामेन्ङिमा चुम्लुङ आसफोड साखा पनि गठन गरियो । साखा कार्यसमितीको अध्यक्षमा जसलक्ष्मी लिम्वु, उपाध्यक्षमा दिलु मादेन, सचिवमा माक्सोती ओख्रावो, कोषाध्यक्षमा गंगा लिम्वु, सह–कोषाध्यक्षमा भगवती लिम्वु र सदस्यहरुमा रिन्जिला लिम्वु, कृष्ण लिम्वु, खिम कुमारी लिम्वु, सरस्वती लिम्वु, अनिता वनेम रहेका छन ।

किरात याक्थुङ चुम्लुङ युकेको सदस्यता लिएका महिलाहरुको साझा संस्थाको रुपमा रहेको थामेन्दिङमा चुम्लुङले कियाचु केन्द्रिय समितीको मातहतमा रहि महिलाहरुको वृत्तिविकासका साथै याक्थुङ भाषा, लिपी, संस्कार, संकृती जर्गेनाको लागि कामगर्दै आएको छ । २०१३ मा स्थापना भएको थामेन्दिङमा चुम्लुङको १० वटा साखाहरु छन ।

Related Articles

Leave a Reply

Back to top button