समाचार

एनआरएनए विनोद कुवर पक्षको बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं,
गत १७ मार्च २०२४ का दिन काडमाडौं स्थित एक होटलमा गैर आवासिय नेपाली संघ (एनआरएनए) विनोद कुवर पक्षको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

११ औं विश्व सम्मेलनको निमित्त भेला भएका प्रतिनीधिहरु बार्षिक भेलामा मात्र सहभागी भएर आआफ्ने कर्मभूमि फर्किएका छन । विश्वका २५ मुलुकका एनआरएनए राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु र विश्वका ४० मुलुकका प्रतिनीधिहरुको सहभागीता रहेको थियो ।

११ औं एनआरएनए विश्व सम्मेलनबाट विनोद कुवर निर्वाचित भएको दुई दिन पछाडी बद्री केसी, रबिना थापा र कुल आचार्यले अर्कै सम्मेलन गरि तिनैजना अध्यक्ष बनेका थिए । त्यस पश्चात दुबै पक्षले आफू बैधानिक एनआरएनए भएको दाबी गर्दै आएका छन भने कुन पक्ष बैधानिक भन्ने विषयमा सर्वोच्च अदालतले आउदो ३ अप्रिलका दिन फैसला दिने भएकोले विश्व सम्मेलनको निमित्त आब्हान गरिए पनि बार्षिक साधारणसभामा रुपान्तरण गरेका थिए ।

पूर्व अध्यक्ष शेष घलेद्धारा उद्घाटन गरिएको साधारण सभामा भूकम्पबाट अति प्रभावित ३ गाँउपालिकाका अध्यक्षहरुसँग पूर्ननिर्माणको निमित्त सम्झौता पनि गरयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button