समाचार

नेकपा माओवादी केन्द्र युकेमा विभाजन एकैदिन २ अधिवेशन २ अध्यक्ष

लण्डन,
नेकपा माओवादी केन्द निकट नेपाली जनप्रगतिशिल मञ्च युके औपचारिक रुपबाट विभाजित भएको छ ।

एकै दिनमा २ अधिवेशन गरि दुई अध्यक्ष चयन भएका हुन । स्वेच्छाचारी ढंगबाट पार्टी चलाउने, विदेशी पासपोर्ट लिएकाले देशको संविधानगत र पार्टीको विधानगत पार्टी सदस्य हुन नपाउने प्रष्ट ब्यवस्था हुदाहुदै युकेमा रहेका नेकपा माओवादी केन्द्रका नेतृत्व प्रति असन्तुष्टि जनाई नबिन स्याङतनको अध्यक्षतामा २८ सदस्यीय समिति भर्चुवल मार्फत घोषणा भईसकेको एकातिर थियो भने अर्कोपक्ष हतारमा ५औं राष्ट्रिय महाधिवेशन नाम दिएर अल्डरसटमा अधिवेशन गरिरहेको थियो सो अधिवेशनले श्रीमति विमला लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरेको छ ।
आउदो हप्ता नेकपा माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड पुत्री एवं भरतपुर नगरपालिकाकी प्रमुख रेणु दाहाल युके आउदैछीन उनी आउनु अगावै पार्टीको अधिवेशन हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Related Articles

Leave a Reply

Back to top button