समाचार

जसपाले पनि टुँगो लगायो राष्ट्रियभा निर्वाचनको लागि एक जना उम्मेद्वारको नाम

काठमाडौं, २२ पुष । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले राष्ट्रियसभाको लागि उम्मेद्वारको नाम टुँगो लगाएको छ । सत्ता गठबन्धनमा भएको भागबण्डाअनुसार जसपाले १९ सिटमा हुने राष्ट्रियसभाको निर्वाचनमा १ सिट पाएको थियो ।

बालुवाटारमा भएको सत्ता गठबन्धनको भागबण्डाको सहमतिलगत्तै अध्यक्ष यादवले डाकेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका तर्फबाट रौतहटकी पूजा चौधरीलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । आयोगले सो निर्वाचनलाई लक्षित गरेर मतदाता नामावलीपनि प्रकाशित गरिसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button