मनोरञ्जन

नेपाल चलचित्र निर्देशक समाजको बेलायत च्याप्टरको कमिटी गठन

नेपाल चलचित्र निर्देशक समाजले मिती २०८० भाद्र २६ गते निर्देशक सनम कुमार बैरागको संयोजकत्वमा नेपाल चलचित्र निर्देशक समाज बेलायत (UK) च्यापटर गठन गरेको छ।

अध्यक्ष जनक दीप पराजुली र महासचिव अरुण कुमार प्रधान गोर्खा वारियर चलचित्रको रेड कार्पेट प्रीमियर शो का लागि लन्डन पुग्नु भएको बेला एक छलफल तथा भेटघाट कार्यक्रम आयोजना गरि FDGN- UK CHAPTER गठन गरिएको हो । बेलायत भरी कर्म थलो बनाएर रहनु भएका नेपाली चलचित्र निर्देशकहरुलाइ एउटै छाता मुनि ल्याउन र नेपालमा आएर चलचित्र सम्बन्धि काम गर्दा सहज बाताबरण बनाउने उद्देश्यले यो च्यापटर गठन गरिएको हो । च्यापटरका सयोजक निर्देशक सनम कुमार बैरागी र उप सयोजक प्रदीप शाही चयन हुनु भएको छ भने बेलायतभरि रहनु भएका अन्य निर्देशकज्युहरु सदस्य रहनु भएको छ। इनास युके चलचित्र प्रबर्द्धन समिती तथा सयोजक मनिष श्रेष्ठकोको आयोजनामा उक्त कार्यक्रम सप्पन्न भएको थियो ।

उक्त कार्यक्रममा कलाकार संघको युकेको सह सचिब तथा नायिका सृजना निङ्लेखु, चलचित्र निर्माता पशुराम राई, निर्देशक आर्यम नकर्मी, सबिन श्रेष्ठ, दिपेश सिलवाल, आषिश श्रेष्ठ, प्रकाश श्रेष्ठ, अनिता ताम्राकार, राजेन्द्र खस, कुशल श्रेष्ठ लगायत इनास युकेका अध्यक्ष बिनोद चिपालु आदि चलचित्रकर्मीको उपस्थिती थियो ।

Related Articles

Leave a Reply

Back to top button