समाचार

ओलीलाई थप्पड हान्ने राई रिहा

धनकुटा,
२३ डिसेम्बर २०२३ का दिन नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्सवाद लेलिनवादी) का अध्यक्ष खड्ग प्रसाद ओली (केपी) लाई थप्पड हान्ने महेश राई रिहा भएका छन ।

धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट फोन मार्फत नेपालको प्रदेश न १ पुनः नामाकरण सयुक्त सघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमलाई जानकारी गराएको हो । गत २३ डिसेम्बरका दिन राईले ओलीलाई थप्पड हानेका थिए र ११ दिनको थुना पछि मुक्त भएका हुन ।

एमाले पार्टीको सुदुर पश्चिमको बैतडी जिल्लाको झुलाघाटबाट मध्य पहाडी राजमार्ग हुदै सुदुर पूर्व पान्थरको चुवाभञ्याङ सम्मको पार्टी संदेश यात्राकोक्रममा अरुण नदि तर्ने बित्तिकै धनकुटा लेगुवामा एमाले समर्थित आफ्नै कार्यकर्ता महेश राईले ओलीलाई थप्पड हानेका थिए । राईको थप्पडबाट ओलीको चश्मा र टोपी खसेको थियो भने तत्कालै सुरक्षाकर्मीले थप्पड हान्ने राईलाई पक्राउ गरि थुनामा राखेका थिए । ओली नेपालको आदिवासीहरुको हक, अधिकार र पहिचान हुनुहुदैन भनी पहिचान विरुद्ध अभियानमा लागेको कारण उनलाई थप्पड हानिएको ठानिएको छ भने अध्यक्ष ओलीले तय कार्यक्रम अनुसार तेह्रथुमबाट अन्तिम कार्यक्रमस्थल चुवाभञ्ज्याङ गाडीमा जान सकेनन र हेलिकप्टरमा पुगेर पार्टी प्रचार अभियान पुरा गरेका थिए ।

अध्यक्ष ओली नेपालको सबैभन्दा ठूलो पार्टीको नेता तथा हालको प्रतिपक्ष पार्टीको संसदीय नेता तथा पार्टी अध्यक्ष हुन । ओली झापाका धर्मप्रसाद ढकालको हत्या गरेको कारण १४ बर्ष जेल सजाए भोगेका ब्यक्ति हुन । ओलीको प्रधानमन्त्रित्वमा नेपाल मुलुकको कुल रिण करिब ९ अर्बबाट एकैपटक बढेर १७ अर्ब बनाएर देशलाई रिणमा डुबाएका थिए । ओली कट्टर हिन्दुवादी नेता हुन तर पार्टीको नाम कम्युनिष्ट राखेर विश्व कम्युनिष्टको बदनाम गरेको बुद्धिजीबिहरुले आरोप लगाएका छन ।

Related Articles

Leave a Reply

Back to top button