पूर्वअध्यक्ष युवराजलाई सम्झिए लिम्बु पत्रकार सङ्घले

१५ मार्च, विजयपुर । लिम्बु पत्रकार संघ प्रथम महाधिवेशनमा निर्वाचित अध्यक्ष युवराज फागाे चाेङवाङ लिम्बुको १३ओैं स्मृति दिवस धरानस्थित चुम्लुङ हिममा आइतबार सम्पन्न भएको छ ।
वरिष्ठ पत्रकार एवम् सल्लाहकार हर्ष सुब्बाकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रम सङ्घका अध्यक्ष सन्देश सुब्बा सेन्लपकाे अध्यक्षतामा भएको थियोे । सभामा तुम्याङहाङ परिषदका माेहन हुक्पा चाेङवाङ, सङ्गीता सुब्बा, सेसेमी सिरेङ नाल्वाे लगायत थिए ।

व्यवस्थापक जिल्ला सुनसरीका अध्यक्ष स्वर्णिमहाङ फाेम्वाेले स्वागत गरेको कार्यक्रममा सेसेमी सिरेङ नाल्वाे, अमित थेवे, माेहन हुक्पा चाेङवाङ लगायतले स्व. लिम्बुकाे व्यक्तित्वउपर प्रकाश पारेका थिए । नाल्वाेले लिम्बुले पहिचानलाई पत्रकारितामार्फत उजागर गरेको बताए । त्यस्तै, पत्रकार थेवेले दुई दशकअघि चिनजान भएको पत्रकार लिम्बु सदैव समुदायको मुद्दा र पत्रकारहरूकाे सशक्तीकरणकाे पक्षमा उभिएको स्मरण गरे ।
प्रमुख अतिथि सुब्बाले याक्थुङ लिम्बु पत्रकारहरूकाे सुदृढीकरण र संस्थागत अभियानमा युवराज लिम्बुले उल्लेख्य भूमिका खेलेको बताए । महासचिव जीवन याेङहाङ लिम्बुल सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार निलिफा सुब्बा, नेपाल पत्रकार महासङ्घ प्रदेश महासचिव हिमा चेम्जोङ, प्रदेश सदस्य एवम् फाेनिज सङ्घीय सदस्य बिनु चेम्जोङ, सुनसरी उपाध्यक्ष यसाेदा सेने, कियाचु सुनसरी अध्यक्ष शिव इस्वाे लगायत उपस्थित थिए ।
०६९ चैत ३० गते धरानमा लिम्बु पत्रकार सङ्घकाे पहिलो महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएको २४ घण्टा नबित्दै उनको इटहरीमा न्यून रक्तचापकम कारण देहान्त भएको थियोे । उनी ३४ वर्षका थिए । उनका श्रीमती र एक छाेरी छन् । पुर्ख्याैली ताप्लेजुङको साँघु घर भएका लिम्बु माेरङकाे इटहरामा सपरिवार बस्दै आएका थिए । गाेर्खाज साप्ताहिकका कार्यकारी सम्पादक रहेका लिम्बु इन्डिजिनियस टेलिभिजनका संस्थापक टिममा समेत थिए । उनले काठमाडौं रहँदा रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता विषयमा उच्च तहको अध्ययन सम्पन्न गरेका थिए । उनको स्मृतिमा २०७० मा कियाचु युवराज चाेङवाङ स्मृति पुरस्कार स्थापना भएको छ । सङघीय समितिले उनको याेगदानकाे स्मरणमा स्मृति ग्रन्थ निकाल्ने तयारी गरिरहेकाे अध्यक्ष सन्देश सुब्बाले बताए ।




