समाचार

जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्षमा जेन्टल लाओेती

२५ नाेभेम्बर, फेदेन(पान्थर) । जनता समाजवादी पार्टी नेपालकाे लिम्बुवान राष्ट्रिय समितिकाे अध्यक्षमा जेन्टल लाओती चयन भएका छन् । पान्थरकाे फेदेनमा भएको पुनर्गठन बैठकले लाओेतीलाई अध्यक्षमा चयन गरेको हाे ।

पार्टीका कार्यकारिणी सदस्य एवम् प्रदेश एक इञ्चार्ज रकम चेम्जोङकाे उपस्थितिमा भएको बैठकले उपाध्यक्ष रहेका लाओेतीकाे नेतृत्वमा ३५ सदस्यीय समिति गठन गरेको पान्थर जिल्ला अध्यक्ष लक्ष्मण लाओतीले सञ्जालमार्फत जानकारी दिए ।

समितिकाे उपाध्यक्षहरूमा एविराज आङदेम्बे, सञ्जय मेवाहाङ राई, अग्निमाया मेचे, मुख्यसचिवमा केदार धिमाल, सचिवहरूमा अजित धिमाल, हेमराज जिमी, सुष्मा राई र कोषाध्यक्षमा टूपेन्द्र येक्तेन रहेका छन् । ‘अबको आठौं प्रदेश, लिम्बुवान प्रदेश’ नाराका साथ अजिमा हाेटलमा भइरहेको बैठकमा केन्द्रीय एवम् प्रदेश नेताहरूकाे उपस्थिति समेत रहेको छ ।

पुनर्गठनपश्चात् लिइएको तस्वीर ।

केन्द्रीय सदस्य एवम् समितिका निवर्तमान अध्यक्ष खगेन्द्र माखिमकाे अध्यक्षतामा भइरहेको बैठकमा अरूणपूर्वका ताप्लेजुङ, पान्थर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, माेरङ र झापाका नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेको छ । पार्टीको असारमा सम्पन्न विधानसभाले १० जाेड एक राष्ट्रिय समितिहरूलाई कार्यकारिणी बनाउने निर्णयसँगै पुराना समितिहरूकाे पुनर्गठन एवम् अधिवेशन हुने क्रम चलिरहेको छ । पार्टीले सञ्चालन गरेको तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत सङ्गठन गठन, पुनःगठन तथा रुपान्तरणको कार्यअन्तर्गत बाँकी रहेका प्रदेश र राष्ट्रिय समिति पुनःगठन हुन लागेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button