समाचार

फोनिजको २६औं स्थापना दिवसको अवसरमा आश गुरुङ र डोल्मा शेर्पा फोनिज युके बाट सम्मानित

लण्डन।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २६औं स्थापना दिवसको अवसरमा आयोजित फोनिज राष्ट्रिय अवार्ड समारोहमा “फोनिज युके पत्रकारिता सम्मान-२०२५” ले २ जना आश बहादुर गुरुङ र डोल्मा शेर्पा सम्मानित भएका छन्।

आश गुरुङ बिगत २५ बर्ष देखि जनजातिहरुको उत्थान र समृद्दिको लागि लगायत कान्तिपुर दैनिक, ईकान्तिपुर डट्कम रेडियो कान्तिपुर लगायत बिभिन्न माध्यमबाट अनबरत सेवा पुर्याउदै आएकोले फोनिज युके पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् भने महिला युवा पत्रकार डोल्मा शेर्पा, त्रिभुवन युनिभर्सिटीबाट मास कम्युनिकेशन एन्ड जर्नालिजममा मास्टर्स गरिसकेका आई टिभी नेपाल, ईन्डिजिनियस् टेलिभिजन, ईन्डिजिनियस् भोईस डट्कममा रिपोर्टर भई सेवा पुर्याउदै आएकोले प्रोत्साहन स्वरुप फोनिज युके पुरस्कार बाट सम्मानित भएकी छिन्।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके बेलायतमा रहेका आदिवासी जनजाति पत्रकारहरुलाइ संगठित गर्ने उद्देश्यका साथ सन् २०१३ मा पुर्ण गुरुङ्को अध्यक्षतामा स्थापना भएको हो।

अहिले सम्म क्रमशः किरण टि लिम्बू, बिश्वासदिप तिगेला ,प्रमिला लाबुङ राइ, गोमा राना र बर्तमान अध्यक्ष बम थापा सुर्यबंशी मगर रहेका छन्।  फोनिज नेपालको शाखाहरु बिस्वका विभिन्न देशका शाखा मध्य बेलायत एक शाखा हो।

२८ अगस्ट २०१७ को दोस्रो अधिबेशनबाट प्रमिला लाबुङ राइको अध्यक्षतामा गोमा राना कोषाध्यक्षको कार्यकालमा पांच लाख रुपियाँ फोनिजयुके अक्षय कोष जम्मा गर्न सफल भएको थियो। त्यो भन्दा पहिले सन् २०१६ देखि फोनिज युके का प्रमुख सल्लाहकार मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पाले प्रायोजन गर्दै आएकोमा अहिले फोनिजयुकेको अक्षय कोषको ब्याजबाट दुइजनालाइ २५ / २५ हजार रुपिंया राशीको सम्मान र पुरस्कार दिन सक्षम भएको छ।

गुरुङ र शेर्पासहित १२ जना पत्रकारलाई फोनिज राष्ट्रिय अवार्ड २०८२ प्रदान गरेको छ। फोनिज मलेसिया समितिबाट पत्रकार सपना थामी र ज्ञानेन्द्र तामाङलाई सम्मान र पुरस्कृत गरिएको छ। पत्रकार पूर्णबहादुर मगरलाई फोनिज बागमती प्रदेश समितिबाट पुरस्कृत गरिएको छ। यस्तै, पत्रकार मच्छेदेवी गुरुङलाई फोनिज राष्ट्रिय पत्रकारिता प्रवास सम्मान प्रदान गरिएको छ। पत्रकार गजुरधन राई र अमरध्वज लामालाई फोनिज राष्ट्रिय पत्रकारिता सम्मान प्रदान गरिएको छ।

यसरी नेपालका आदिवासी जनजातिहरुको हक अधिकारका लागि निरन्तर कलम चलाउदै आउनुभएका आदिवासी जनजाति पत्रकारहरुलाइ प्रोत्साहन र हौसलाका लागि फ़ोनिज युके पुरस्कारको अनन्त निरन्तरता दिन सकियोस भन्ने उदेश्य रहेको छ।

बिगत २०१६ साल देखि वरिष्ठ पत्रकार गोपाल छाङछा राई, रामजनम चौधरी, मिलन लिम्बु, गणेशमान गुरुङ, राजेश चाम्लिङ राई, शान्ति गुरुङ, टेकराज थामी, सन्त गाहा मगर, निलिफा सुब्बा, टिकाराम प्रधान, नृपेन्द्रलाल श्रेष्ठ र रमिता लामा सम्मानित भईसकेका छन् भने यो बर्ष आश बहादुर गुरुङ र डोल्मा शेर्पा सम्मानित भएकोमा फोनिज युकेबाट बधाई तथा शुभकामना ब्यक्त गर्दछ।

Related Articles

Back to top button