समाचार
पहिचानवादी माेर्चामा मन्सुरी

२१ मे, सुनसरी । सुनसरीको भोक्राहानरसिंह गाउँपालिकामा संयुक्त पहिचानवादी माेर्चा गठन भएको छ । बुधबार भएको भेलाले रहमतुलम मन्सुरीकाे संयाेजकत्वमा २९ सदस्यीय समिति निर्माण गरेको छ ।
भोक्राहानरसिंह गापाको भेलाले बनाएको संयुक्त पहिचानवादी मोर्चाकाे समितिका सहसंयोजकमा हसबुल मिया, सदस्य सचिवमा वादिल अन्सारी, सहसचिवमा खतिजा खातुन, अर्थिक विभागमा वादिदन अन्सारी छन् । सल्लाहकारमा सोमरती अन्सारीसहित २९ सदस्य निर्वाचित भएका हुन् ।
संयुक्त पहिचानवादी मोर्चा सुनसरी जिल्ला संयोजक देउमान मेन्याङ्बोको अध्यक्षतामा भएको भेलामा मोर्चाका नेता एबी पङ्धाक, अमर इजम, जेन्टल लाओती, पूर्णकला तेयुङ, अबास मियाँ, महमतजल्लिल, युवानेता रमेश राई, आयुश बराइली लगायतको उपस्थिति रहेको थियो ।