युके विशेष

गायक ब्रबिम र गंगाले याथुंग भाषाको पालम र नेपाली गीतहरू गाएर लण्डन तताए

लण्डनको सांगीतिक साँझ

लण्डन,
अति सुमधुर स्वरका धनी गायक ब्रबिम शेर्मा र उदयमान गायिका गंगा फियाकले याक्थुंग भाषाको पालम भाकाका गीत साथै नेपाली मीठा गीतहरू गाएर साउथ ह्यारोको गोल्डेन सिपको माहोललाई तताएका थिए ।

स्टेज मै गएर नाच्नेको त्यती नै बाक्लो भीड़ थियो। गोल्डेन सिप, साउथ हारो, लन्डनमा २२ डिसेंबर २०२४ को दिन यो साँझ संपन्न भएको थियो। सुभारम्भमा ज्येष्ठ नागरिक तथा समाजसेवी असारसिंह आंगबुहांगले बेलायत भ्रमणमा नेपालबाट केही समयका लागी आउनुभएका गायक र गायिकालाई खादाले सम्मान गरेका थिए ।

स्थानिय स्वयंम सेवक तथा सेविकाको समुहले यो कार्यक्रम आयोजना गरेको हो।

उपस्थितिको रजिस्टर र कलाकार सत्कारको अभिभारा राजेंद्र नाल्बो, जसराज चेमजोंग, उषा लिंगदेन र बुद्धमाँया इजमले सम्हालनु भएको हो । किशोर आंगदेंबेले कार्यक्रमको उद्घोषक र साउण्ड सिस्टमको भूमिका ग्रहण गरेका थिए ।

मानबीर लावती, रन तावा, रुमी तावा, टंक तुम्बाहांग, किरात याक्थुंग चुमलुंग यूकेकी पूर्वउपाध्यक्ष मीरा आंगबुहांग, गंगा सुब्बा, सकुन सुब्बा, टीका चेमजोंग, दिनेश लिंगदेन, भक्ति आंगडेम्बे (कि.या. चु. यूके आर्टिस्ट अफ द यियर- २०२३), रेसु फियाक, रुद्र कुरुम्फोंग, तेज माबो, अशोक सुब्बा, बबिता सुब्बा, राम लुम्फ़ुंग्वा, लुकी थेबे, पूर्ण कुरुम्फ़ोंग, किरात याक्खा छुम्माका पूर्व अध्यक्ष खगेंद्र याक्खा साथै संखुवासभा जिला यूकेकी पूर्वअध्यक्ष बसुंधरा याक्खा राईको पनि विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको अंतमा, किरात याक्थुंग चुम्लुंग यूके, ग्रेटर लण्डन शाखा यूकेका पूर्वअध्यक्ष देव आंगबुहांगले सम्पूर्ण आयोजकहरुको तर्फबाट उपस्थित दर्शकहरुलाई संबोधन गर्दै गायक ब्रबिम शेर्मा र गायिका गंगा फियाकलाई धन्यवाद साथै वहाहरुको सांगीतिक यात्राको लागी उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।

अधिकांश व्यक्तिहरू अर्को दिन काममा जानुपर्ने भएकोले रमणीय सांगीतिक बातावरणलाई करीब ९ बजे रात्री स्थगित गरियो ।

केही तस्वीरहरू खिचे पश्चात कार्यक्रम समापन भएको थियो।

संपूर्ण उपस्थित महानुभावहरूलाई कार्यक्रम सहयोग गर्नू भएकोमा आयोजक समुहले ख़ुशी ब्यक्त गरे।

– देव आंगबुहांग

Related Articles

Back to top button