समाचार

लिम्बु पत्रकार सङ्घकाे अध्यक्षमा इङ्वा

५ अप्रिल, वसन्तपुर । लिम्बु पत्रकार सङ्घको केन्द्रीय अध्यक्षमा सन्देश सुब्बा इङ्वा निर्वाचित भएका छन् । सङ्घकाे तेस्रो महाधिवेशनले इङ्वालाई अध्यक्षमा निर्वाचित गरेको हाे ।

शुक्रबार तेह्रथुमको वसन्तपुरस्थित चाे?लुङ पार्कमा सम्पन्न महाधिवेशनले इङ्वालाई निर्विरोध रूपमा अध्यक्षमा निर्वाचित गरेको थियोे । उनको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । कार्यसमिति उपध्यक्षमा सचितानन्द लिम्बु, महिला उपाध्यक्षमा सुजता निङ्लेकु लिम्बु, महासचिवमा जीवन योङ्हाङ लिम्बु, सचिवमा ज्ञानु केदेम, सम्पदा योङ्या लिम्बु र कोषाध्यक्षमा दिलकुमार फेम्बु लिम्बु चयन भएका छन् । सदस्यहरूमा सविना लिम्बु, धनबहादुर लिम्बु, मौसमी पारघरी लिम्बु र सिंहराज लिम्बु चयन भएका छन् । बाँकी सदस्य सबै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी मनोनित गरिने निवर्तमान उपाध्यक्ष लावतीले बताए ।

सङ्घका निवर्तमान अध्यक्ष देवेन्द्र खापुङकाे अध्यक्षतामा भएको महाधिवेशन लालीगुराँस नगरपालिकाकाका मेयर एवम् याक्थुङ इतिहास र मुन्धुमका खाेजकर्ता अर्जुनबाबु माबुहाङकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे । करिब आठ वर्षपछि तेस्रो महाधिवेशन भएको हो ।

महाधिवेशनमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेश एकका पूर्वअध्यक्ष सन्तवीर लामा, नेपाल पत्रकार महासङ्घ प्रदेश एक महासचिव हिमा चेम्जोङ, महासङ्घ तेह्रथुम अध्यक्ष टीआर सेनेहाङ, कियाचु तेह्रथुम अध्यक्ष सेसेहाङ हुक्पा चाेङवाङ लगायतको उपस्थिति रहेको थियोे ।

Related Articles

Back to top button