चलचित्र ‘अञ्जिला’ फागुन २९ गतेदेखि प्रदर्शन हुँदै

चितवन, १९ फागुन: धेरै फिल्महरू माया, प्रेम र राष्ट्रभक्ति एवं सामाजिक कथावस्तुमा आधारित भएर बन्ने गर्छन् । चलचित्र ‘अञ्जिला’ भने फुटबल खेलाडीको जीवन कथामा आधारित रहेर बनाइएको छ, जुन यही फागुन २९ गतेदेखि प्रदर्शन हुँदैछ ।
खेलाडीलाई प्रोत्साहन गर्नका लागि नेपाली महिला फुटबल टीमकी कप्तान अञ्जिला तुम्बापो सुब्बको जीवनीमा आधारित चलचित्र अञ्जिला निर्माण गरिएका निर्देशक मिलन चाम्सले जानकारी दिनुभयो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले खेलाडीको जीवनमा आधारित चलचित्र निर्माण गर्दा चल्दैन कि भन्ने डर रहे त्यसो नहुनेमा आशावादी भएको बताउनुभयो । पछिल्लो समय देश, विदेशबाट राम्रो प्रतिक्रिया पाएकाले आफू उत्साहित भएको उहाँले बताउनुभयो ।
चलचित्रमा कलाकार दयाह्याङ राई, सुनिल थापा, मावत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, सृजना सुब्बालगायतले अभिनय गर्नुभएको छ । फुटबलरका रूपमा अञ्जिलाले पाएको दुःख र गरेको प्रगतिमा चलचित्र केन्द्रित छ ।
निर्माता प्रेमकुमार श्रेष्ठले चलचित्र निर्माण गर्नुभएको हो । अञ्जिला हाल ग्रिसको निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिगमा खेल्दै गरेको त्यस अवसरमा जनाइएको थियो ।
—