आदिवासी

प्रतिष्ठित पत्रकारिता सम्मान श्रीमति सेने र पुरस्कार गुरुङलाई दिने निर्णय

लण्डन, गत ५ डिसेम्बर २०२३ को साँझ बसेको एक बैठकले यो बर्षको प्रतिष्ठित पत्रकारिता सम्मान श्रीमति विमला सेने र पुरस्कार मिलन गुरुङलाई दिने निर्णय गरेको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले प्रदान गर्ने यस बर्षको पत्रकारिता सम्मान सेनेलाई दिने निर्णय गरेको हो । पत्रकार सेनले सन् १९९२ बाट बृट्रिस फोर्सेस ब्रोडकाष्टिङ सर्भिस ब्रुनाईबाट रेडियो पत्रकारिता शुरु गरेकी हुन भने पूर्वी नेपालको इटहरीबाट संचालित सप्तकोशी एफएममा सन् २००४ देखि निरन्तर करिब १० बर्ष रेडियो पत्रकारिता गरिन । प्रस्तुती र मिठो स्वरको कारण ब्रुनाई र नेपालमा समेत उत्कृष्ट रेडियो संचालिकाको रुपमा चिरपरिचित सेनेले सन् २००२ मा बाणिज्यशास्त्रमा डिग्री सम्मको अध्ययन गरेकी हुन । ब्रुनाईमा रेडियो सेवा शुरु लगतै बिबिसी रेडियो सेवा, लगायत धेरै इन्टिच्युसनहरुबाट तालिम प्राप्त गरेकी छिन भने त्यसपछि उनीले सेमिनारहरुमा प्रशिक्षकको रुपमा पनि काम गरिन । प्रिन्ट मिडियाहरुमा पनि कहिलेकाही लेख्दै आएकी छिन ।

नेपाली समाजलाई मिहिन रुपबाट बुझेकी, जुझारु स्वभावकी सेने सपरिवार लण्डन बस्न शुरुगरे लगतै लण्डनको नेपाली टिभीमा समाचार प्रसारिकाको रुपमा पनि काम गरिन भने सन् २०१४ देखि गोर्खा च्यानल शुरु गरिन र सय भन्दा बढि दम्पतिहरुको अन्तरवार्ता गरिन् र अहिले सिजन २ लाई निरन्तरता दिईरहेकी छिन ।

तेह्रथुम लाँलिगुराँस नगरपालिका ९, साबिक सोल्मा गाविसमा जन्मेकी सेने नर्थ लण्डनमा पति बृख बहादुर साँवा र छोरा दिपशिखरसँग रहि निरन्तर पत्रकारिता र समाजसेवामा क्रियाशिल छिन् । हाल उनी नेपाल पत्रकार महासंघ युके शाखाको नेपालको निमित्त केन्द्रीय प्रतिनीधि/सदस्य हुन भने उनी पूर्वउपाध्यक्ष पनि हुन ।

पत्रकार सेनेलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके २०२३ सम्मानबाट आउदो डिसेम्बर १६ मा सम्पन्न हुने चौथो अधिवेशनमा सम्मान गरिने कुरा फोनिज युकेका अध्यक्ष गोमा रानाले बताइन् । त्यस्तै गरि नगद सहितको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके २०२३ पुरस्कारबाट युकेबाट संचालित गोर्खा मिडियाका संचालक पत्रकार तथा फोटोग्राफर मिलन तमुलाई प्रदान गरिने भएको छ ।

पत्रकार तमु लामो समय देखि फोटो पत्रकारितामा हुनुहुन्छ भने विगत २ बर्ष देखि आफ्नै मिडिया गोखोमिडियाडटकम संचालन गर्दै आउनु भएको छ । वहा लामो समय बृट्रिस गोर्खा सेनामा सेवा गरि निवृत्त हुनुभए पनि झनै रचनात्मक काममा सरिक हुदै आउनु भएको छ । नेपाल पोखराका तमु हाल अल्डरसट युकेमा सपरिवार रहदै आउनु भएको छ ।

फोनिज युकेको चौथो अधिवेशनको संघारमा पूर्व अध्यक्षहरु सम्मिलित छनौट समितिले सो निर्णय गरेको हो । छनौट समितिमा पूर्व अध्यक्षत्रय किरण टी लिम्बु, विश्वास दीप तिगेला, श्रीमति प्रमिला लाबुङ र बहाल अध्यक्ष श्रीमति गोमा राना सहभागी थिए । यस फोनिज युकेको सम्मान तथा पुरस्कार गत बर्ष वरिष्ठ पत्रकार तथा एभरेष्ट टाईम्स साप्ताहिकका संस्थापक हरि गुरुङलाई सम्मान र अमित थेवेलाई पुरस्कार प्रदान गरिएको थियो । यी पुरस्कारहरुको अलवा फोनिज युकेले नेपालको निमित्त १० लाखको अक्षयकोष खडा गरि नगद सहित सम्मान तथा पुरस्कृत सन् २०१६ देखि गर्दै आएको छ । महासंघको चौथो अधिवेशन अल्डरसटमा हुने जनाईएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button