अन्तर्राष्ट्रियआदिवासी
Trending

१४ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै लिम्बु विद्यार्थीहरूकाे अन्तर्राष्ट्रिय महासम्मेलन सम्पन्न

२७ मार्च, विजयपुर । याक्थुङ लिम्बु विद्यार्थीहरूकाे दाेस्राे अन्तर्राष्ट्रिय महासम्मेलन १४ बुँदे विजयपुर घाेषणापत्र जारी गर्दै समापन भएको छ । महासम्मेलनले १४ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै ‘कोशी’ नाम खारेज गरेर ऐतिहासिक पहिचानका आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको स्वायत्त लिम्बुवान नामाकरण गर्न माग गरेको छ।

 

समापन समारोहमा आयोजक लिम्बु विद्यार्थी मञ्च सहित भारत, अमेरिका, बेलायतका प्रतिनिधिहरूले १४ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै कोशी नाम खारेज गरेर ऐतिहासिक पहिचानका आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको स्वायत्त लिम्बुवान नामाकरण गर्न माग गरेको छ।

सम्मेलनले लिम्बुवान आन्दोलनप्रति संसारभरका याक्थुङ विद्यार्थी र समुदायको तर्फबाट ऐक्यबद्धता प्रकट गर्दै घोषणा पत्रमा भनिएको छ, ‘याक्थुङ लिम्बु भाषालाई प्रदेश १ मा कामकाजी भाषाको रुपमा लागु गर्न तत्काल भाषा विधेयक संसदमा प्रस्तुत गरेर राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा लैजान जोडदार माग गर्दछौं।’

सम्मेलनले याक्थुङ लिम्बु समुदायको सांस्कृतिक, पुरातात्विक एवम् मुन्धुमीस्थललाई विश्व सम्पदा र राष्ट्रिय सूचीमा सूचीकृत गर्न पहल गर्ने घोषणा गर्दै लिम्बू बसोबास भएका मुलुकमा याक्थुङ/लिम्बु भाषामा मुन्धुमी परम्परागत ज्ञान, सीप समेटिएको व्यावहारिक, वैज्ञानिक औपचारिक शिक्षाका निम्ति उच्च तहसम्म पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। यसैगरी याक्थुङ-लिम्बू आदिवासी अर्थतन्त्र सुदृढीकरण, संरक्षण, सम्बद्र्धन गदै याक्थुङ समुदायसँग सम्बन्धित बौद्धिक तथा साँस्कृतिक सम्पत्तिको प्रतिलिपि अधिकार सुरक्षा गर्न संयुक्त राष्ट्रसंघको साँस्कृतिक निकाय युनेस्को लगायत राष्ट्रिय रुपमा दर्ताका लागि पहल गर्ने, लिम्बुवानलगायतका याक्थुङ/लिम्बुको ऐतिहासिक थातथलोका अप्रभंशित स्थाननामहरु याक्थुङ भाषामै नामकरण गराउन पहल गर्ने पनि मंचले प्रतिबद्धता व्यक्त गरेको छ।

याक्थुङ लिम्बु समुदायले मुन्धुमी स्थल मुक्कुमलुङ (सेमुक्क्तीगोक, मुक्तिफोमाङ)लाई पवित्र स्थलको रुपमा घोषण गरिसकेकाले सो स्थानमा केवलकार निर्माण कार्य तत्काल रोक्न नेपाल सरकार र सम्बन्धित पक्षसँग पनि माग गरेको लिम्बु विद्यार्थी मंचका महासचिव प्रदीप नेयोङ्ले बताए।

घोषणापत्रमा नेपालका तर्फबाट मञ्चका अध्यक्ष नितेश सिंगक, सिक्किम याक्थुङ निछाम साप्सक चुम्भोका इङ्सा योङहाङ, आसामबाट माया सुब्वा लिवाङ र बेलायतबाट अमित थेवे र अमेरिकाबाट टंक सेलिङले संयुक्त हस्ताक्षर गरेका छन् ।

सङ्घको सांस्कृतिक निकाय यूनेस्को लगायत राष्ट्रिय रूपमा सूचीकरण गर्न पहल गर्ने प्रतिबद्धता प्रकट गरिएको छ ।

लिम्बुवान लगायतका याक्थुङ लिम्बूको ऐतिहासिक थातथलोका अप्रभंशित स्थान नामहरू याक्युङ लिम्बु भाषामै नामकरण गराउन पहल गरिने घोषणा गरिएको छ ।

याक्थुङ/लिम्बु विद्यार्थीहरूलाई राजनीति, प्रशासन, शिक्षा र उद्यमशीलताको क्षेत्रमा प्रवेशका निम्ति प्रोत्साहित गर्न अभिमुखीकरण र जनचेतना विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रदेशमा मुन्धुम तथा भाषा लिपि साहित्यको वृत्ति विकास गर्दै पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गर्न  पहल गरिने प्रतिबद्धता प्रकट गरिएको छ ।

मञ्च स्थापनाकाे युप्पा तङ्वे(रजत जयन्ती)काे अवसर पारेर मार्च १९-२३ सम्म धरानको चुम्लुङ हिममा महासम्मेलन आयोजना भएको थियोे । जहाँ नेपाल, भारतकाे सिक्किम, पश्चिम बङ्गाल, आसाम, भुटान, बेलायत, हङकङ, अमेरिकााका दुई सय प्रतिनिधिहरू सहभागी थिए । महासम्मेलनमा मातृभाषा, भाषिक आन्दोलन, याक्थुङ मुन्धुम, युमा र किरात धर्म, लिम्बुवान आन्दोलन, पहिचानको राजनीति, मुन्धुमकाे वर्गीकरण, याक्थुङ इतिहासकाे कालगत खण्डीकरण, मुन्धुमी तथा पुरातात्त्विक स्थल लगायतका विभिन्न शीर्षकहरूमा ३५ कार्यपत्रहरू पेश भएका थिए । पहिलो अन्तर्राष्ट्रिय महासम्मेलन सात वर्षअघि दमकमा भएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button