समाचारसाहित्य सिर्जना

गान्तोकमा ‘उरमाल’

२९ जनवरी, गान्ताेेक । छुदेन काविमोको नयाँ उपन्यास उरमालको सिक्किम लोकार्पण आज गान्तोकमा विशेष कार्यक्रमबीच गरियो ।

उरमाल किताब यात्राको तेस्रो दिन आज गान्तोकको सिङखाम ग्रान्ड होटलमा एक कार्यक्रम बीच लोकार्पण कार्यक्रम समापन भएको थियो। कवि एवं सिक्किम सरकारका‌ शिक्षा विभाग सचिव टाँसी छोपेल लेप्चा मुख्य अतिथि रहेको उक्त लोकार्पण कार्यक्रममा बेथल इनफ्रा प्रोजेक्ट प्राइवेट लिमिटेडको निर्देशक अमृत विश्वकर्मा, नेपाली साहित्य परिषद सिक्किमका अध्यक्ष हरी ढुङ्गेल, आख्यानकार प्रवीण राई जुमेली, कवि मुङ्गा राई, प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम रावत, डा. टीबी छेत्री, प्रद्मुन श्रेष्ठ, कथाकार खुसेन्द्र राई लगायत सिक्किमका वरिष्ठ साथै युवा सर्जकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि टाँसी छोपेलले अब हाम्रो किताबको कथाहरू सिरीजतिर पनि पुग्न जरुरी रहेको जनाउँदै भने, ‘फातसुङ पढेपछि भेट्न मन लागेको लेखकलाई दोस्रो भेटमा दोस्रो उपन्याससंग आज भेट्न पाएँ।‌यी कथाहरू मार्फत अब हाम्रो कथा टीभी सिरिजतिर नि पुग्न सकोस्।‌किनकि चिया हाम्रो पनि कथा हो।’

गान्ताेकमा विमाेचनपश्चात् सर्जकहरू ।

कार्यक्रममा बेथल इनफ्रा प्रोजेक्ट प्राइवेट लिमिटेडका प्रबन्धक लरेन्स प्रधानले स्वागत सम्बोधन राखेका थिए। पत्रकार प्रदीप लोहागुणले लेखक छुदेन काविमोसंग सम्वाद गरेका थिए ।

मुख्य अतिथि टाँसीछोपेल लेप्चा अनि विशिष्ट अतिथि अमृत विश्वकर्माले कार्यक्रमलाई सम्बोधन गरेका थिए। उरमाल यात्राको पक्षबाट प्रकाशक सुरज गुरूङले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सर्जक प्रवीण खालिङले सञ्चालन गरेका थिए।

Related Articles

Back to top button