समाचार
लिम्बुवानकाे तम्मर करिडोर र मेची लाेकमार्ग ठप्प
५ जनवरी, विजयपुर । सेमुक्तुगाेक्/मुक्तिफाेमाङ/सेमुक्तुबुङ/साङसिङ मुक्ति काेक्मा/मुक्कुमलुङमा निजी व्यापारिक कम्पनीद्वारा केबुलकार निर्माण कार्यकाे खारेजीको माग राखेर आन्दोलनरत याेद्धाहरूकाे रिहाइमा ताप्लेजुङ प्रवेश गर्ने मार्गहरू पूर्ण रूपमा ठप्प भएका छन् ।
मुक्कुमलुङ संयुक्त संघर्ष समिति लगायत दर्जन घटकहरूले संयुक्त रूपमा आह्वान गरेको यातायात बन्दले जनजीवन प्रभावित भएको छ । गत जनवरी १ (पुस १७ गते) मध्यरातमा दुई दर्जन बढी आन्दोलनकारीहरूलाई दमन गर्दै तीन अभियन्ताहरू सशस्त्र प्रहरी र जनपद प्रहरीले पक्राउ गरेका थिए । तीन दिनसम्म रिहाइ नभएपछि आइतबारदेखि अनिश्चितकालीन यातायात बन्द आह्वान भएको पहिचानवादी माेर्चाका केन्द्रीय सदस्य जेन्टल लाओतीले बताए ।