समाचार

यूकेमा चासोक थिसोक सम्पन्न

१९ नाेभेम्बर, आसफाेर्ड(यूके) । याक्थुङ समुदायको बाक्लो बसाेबास रहेको बेलायतमा चासाेक थिसाेक पूजा सम्पन्न भएको छ । समुदायको महान् पर्व चासाेक थिसाेक तङ्नामकाे अवसरमा पूजा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हाे ।

गत १६ नाेभेम्बर शनिबारका दिन युमा साम्याे महासभा यूकेकाे आयोजनामा आसफोर्डमा भएको कार्यक्रमकाे पहिलो चरणमा  चासोक थिसोक पूजा सम्पन्न भएको थियोे । त्यसैगरी, दोस्रो चरणमा ओैपचारिक कार्यक्रम सम्पन्न भएको महासभाका यूके अध्यक्ष दिल पालुङ्वा याक्थुङले बताए । येबा दल बहादुर फुरुम्वाेकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनले चासोक थिसोकबारे मन्तव्य राखेका थिए ।

चासाेक थिसाेक पूजा हुँदै ।

त्यसैगरी, सल्लाहकारहरू नरेन्द्र माबाेहाङ र लोकेन्द्र तबेबुङले मन्तव्य राखेका थिए । यस्तै, कियाचु यूके अध्यक्ष कमला सेन्दाङले समेत शुभकामना मन्तव्य दिएकी थिइन् । सहसचिव सानु सुब्बाले सञ्चालन गरेकी कार्यक्रममा उपाध्यक्ष हरिभक्त आङबुहाङले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमकाे तेस्रो चरणमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियोे । जसमा हाक्पारे, पा:लाम, या?लाङ, केलाङ प्रस्तुत भएको थियोे । नेपालबाट बेलायत भ्रमणमा आएका गायकहरू गंगा फियाक र सुनिता सम्बाहाङ्फेको प्रस्तुति रहेको थियोे । त्यस्तै, गाेरखा बीएफबीएसका प्रतिनिधि योगराज राईले समेत रिपोर्टिङ गरेका थिए ।

यसपटक प्रसादका रूपमा नाम्स्या पनि तयार पारिएको महासभाका अध्यक्ष पालुङ्वाले बताए । उनले सबैले याक्थुङ परिकारहरू हुक्वाका रूपमा ल्याएकाे जनाए । चासाेककै अवसर पारेर याक्थुङ भाषा र सिरिजङ्गा लिपिकाे प्रबर्द्धनमा योगदान पुर्‍याएकाे जनाउँदै छत्र वनेमलाई सम्मान पत्र प्रदान गरिएको थियोे ।

युमा साम्याे महासभाले विगत तीन वर्षदेखि एकरुपता कायम गर्न तिथिमा नभएर मितिका रूपमा प्रत्येक सालकाे मङ्सिर एक गते देश विदेशभर चासाेक पर्व मनाउँदै आएको छ ।

Related Articles

Back to top button