युके विशेष

युकेको जनसम्पर्क समितिलाई मिलेर पार्टी हितमा काम गर्न निर्देशन सहमहामन्त्री आङदेम्बे

मुक्कुमलुङ/पाथिभरामा नो केबलकार पक्षबाट भेटघाट

गत २० अप्रिल २०२५ का दिन नेपालको सत्ता साझेदारी पार्टी नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले आफ्ना पार्टी कार्यकर्ताहरुलाई मिलेर पार्टी हितमा काम गर्न निर्देशन दिए ।

जनसम्पर्क समिति युकेद्धारा आयोजित सहमहामन्त्री आङदेम्बेलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रममा उनले सो निर्देशन दिएका हुन । सहमहामन्त्री आङदेम्बको स्वागत तथा सम्मान कार्यक्रम लण्डनको ह्यारो स्थित सम्पन्न भएको हो । विशाल राईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई कुश बस्नेतले संचालन गरेका थिए ।

मुक्कुमलुङ/पाथिभरामा नो केबलकार पक्षबाट भेटघाट
ताप्लेजुङको मुक्कुमलुङमा एक ब्यक्तिको फाइदाको निमित्त निर्माण हुनेक्रममा रहेको केबलकार निर्माणबाट स्थानीय आदिवासीहरुको सास्कृतिक सम्पदा र अधिकार अतिक्रमण हुने भएको भनी विरोध गरिरहेको सन्दर्भमा युकेमा रहेका नो केबलकार पक्षधरले पनि सहमहामन्त्री आङदेम्बेसँग भेटघाट गरि ब्यक्तिगत र पार्टीगत पहल गरिदिन आग्रह गरे । सहमहामन्त्री आङदेम्बे आफूले केबलकार बन्न नहुने भनी पार्टीभित्र प्रष्ट कुरा राखिसकेको र अझ शसक्त पुन कुरा राख्ने प्रतिबद्धता जनाए ।

मुक्कुमलुङ/पाथिभरामा नो केबलकार पक्षबाट भेटघाट
मुक्कुमलुङ/पाथिभरामा नो केबलकार पक्षबाट भेटघाट

Related Articles

Back to top button