प्रवास

पैयुंखोला समाजक‍ो १५औं बार्षिक भेट्घाट सम्पन्न

गोमा राना,

गत जुलाई २७ तारिख २०२४ शनिबारको दिन वार मेमोरियल हल चर्चक्रुकहाममा १५औं बार्षिक भेट्घाट् भव्यताका साथ सम्पन्न भयो।

हरेक वर्ष हुने भेला यो बर्ष अझ थप नयाँ पाहुनाहरु र कलाकार द्वय सम्झना लामीछाने र नृत्यकार अस्मिता रानाको साथ मनाउन पाउँदा छुट्टै आत्मियता बढेको अत्यन्तै रमाइलो भएको र आफू सन्तुष्ट भएको  कुरा अध्यक्ष कमल राना बताउछन् ।

बिगतका बर्षमा जस्तै यो बर्ष पनि नयाँ चेली बुहारी ज्वाइहरुलाइ स्वागत गरिएको थियो भने उच्च शिक्षा ( ग्र्याजुयसन मास्टर्स डिग्री) हासिल गरेका नानी बाबुहरुलाइ प्रोत्साहनको लागि खादा र प्रमाणपत्रले बधाई तथा उज्वल भविस्यको शुभकामना आदान प्रदान गरेका थिए।

नयाँ पिढीका नानीहरुलाइ आफ्नो भाषा संस्कार सस्क्रृति चिनाउनको लागि र मनोरञ्जनको लागि नाच प्रस्तुति गरेका थिए जुन प्रसंशनिय रहेको कुरा उपाध्यक्ष शोभा रानाले जानाले जानकारी दिइन।

अतिथिहरु र सल्लाहकारले आफ्नो समाजको उत्थान एकापसमा सहयोग र नेपालमा पनि उत्तिकै सहयोग गर्ने प्रण गर्दै सकारात्मक बिचार का साथ शुभकामना मन्तव्य राखेका थिए।

वंशजको नेपाली नागरिकता निरन्तरता अभियानकर्ता थर्क रानाले गोर्खाली हाम्रो पहिचान,वंशजको नेपाली नागरिकता निरन्तरता हाम्रो अभियानको बारेमा कुरा राख्दै  दोस्रो पुस्ताका नानीहरुलाइ समेत यस्को महत्व किन आवस्यक छ भनि जानकारी दिएका थिए भने विभिन्न संघ सस्था र पयुंखोला समाजले अभियान सफलताको लागि ऐक्यबद्धता गरेको जानकारी समेत गरेका थिए।

समाजको सचिब याम थापाले  कार्यक्रम सन्चालन गरेका थिए। कलाकार द्वयले सबैलाई मन्त्रमुग्ध पार्दै भरपुर मनोरञ्जन  गराएका थिए।
अन्त्यमा समाजका अध्यक्ष रानाले सबै उपस्थित, कलाकार, प्रत्येक्ष अप्रत्यक्ष सबै कार्यक्रम सफल पार्न अहोरात्र खटेर मिठो परिकारको बन्दोबस्त गर्ने दिदीबहिनी दाजुभाइ सबै सद्स्यलाइ धन्यवाद दिएका थिए।

Related Articles

Back to top button