प्रवास

पान्थरे बार्षिक भेटघाटः साहित्यकार शान्ति लिम्बुको कस्तुरी सार्वजनिक

गत १५ जुन २०२४ का दिन युकेमा रहेका पान्थरेहरूको बार्षिक भेटघाट एवं कस्तुरी नामक कृति सार्वजनिक भएको छ ।

युकेको अल्डसट नजिक एक सभाहलमा साहित्यकार शान्ति लिम्बुको कस्तुरी नामक साहित्यिक कृतिको सार्वजनिक भएको हो । नेपाली राजदुतावास लण्डनका प्रतिनीधि रामबाबु नेपाल लगायतले सो कृतिको लोकार्पण एकैसाथ गरेका थिए ।

कृतिको बारेमा बिश्वास दीप तिगेला र कृष्ण कुमार हेम्ब्याले समिक्षा गरेका थिए । हाईकू, मुक्तक र गीत विधा समेटिएको पुस्तक पठनीय र संग्रहणिय रहेको बताए । साहित्यकार लिम्बुको यो चौथो कृति हो । यसअघि चेरिसा, मिलिजुली, शान फूंग कृति ल्याईसकेकी छन ।

कार्यक्रम उद्घाटनः प्रमुख अतिथि र अध्यक्षबाट हुदै

पान्थर सेवा समाज युकेकी अध्यक्ष समेत रहेकी शान्ति लिम्बु सामाजिक नेतृत्व, लेखन र अध्ययन एकैसाथ अगाडी बढाईरहेकी छन । सो बार्षिक पान्थरे भेलाको अवसरमा अन्य कृति लेखक तथा लेखिकाहरूलाई पनि थप प्रगतिको निमित्त सम्मान गर्यो सम्मानित हुनेमा लेखिका लिला सेलिंग माबो, नगेन्द्रराज नेम्बांग, लिलाराज काम्बांग र वरिष्ठ संगीतकार दिनेश रहेका थिए । मोडलिंगमा डेब्यू गर्ने कलाकारद्वय दिपा योंया र स्मृता लम्बुलाई पनि सम्मान गरेका थिए ।
मोडलः दिपा योंया

पान्थरको कल्याणको निमित्त बिशेष योगदान गरे वापत चन्द्र सुन्दासलाई प्रमाणपत्र सहित यस बर्षको पुरस्कार प्रदान गरयो भने करिब दर्जन युवाहरूलाई उच्चशिक्षा हासिल गरेवापत प्रसंसापत्र प्रदान गर्यो ।

महासचिव लाहांग चेम्जोंगले संचालन गरेको कार्यक्रमको अध्यक्षता शान्ति लिम्बुले गरेकी थिईन ।

Related Articles

Back to top button