समाचार

आसफाेर्डमा यसरी काम गर्दैछ सगरमाथा गाेर्खा नेपाली समाजले

◾️डम्मर सिङ्गक लिम्बु

२८ मे, आसफाेर्ड(केन्ट) । सगरमाथा गोर्खा नेपाली समाज आसफोर्ड केन्टको वार्सिक साधारणसभा सम्पन्न भएको छ । न्यून उपस्थिति रहेतापनि गत मे ११ तारिखमा सम्पन्न भएको साधारणसभामा महत्त्वपूर्ण सवालहरू उपर छलफल भएका छन् ।

कोरोना महामारीका कारण विगत चार वर्षयता त्यति खुल्ला कार्यक्रम हुन सकेको थिएन । महामारीपछि पुनर्मिलनको अवसरका रूपमा प्रयोग गर्दै गत वर्षको नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमसँगै चाड र मनोरञ्जनका कार्यक्रमहरुमा भव्यता छाएको छ तर बैठकहरूमा उपस्थिति जनाउने हरुको संख्या बढन सकेको छैन ।

नेपाली समुदायले मान्दै आएको विक्रम संवत अन्तर्गत पर्ने २०२४ सालको नयाँ वर्सको अवसर पारेर सन २०१३ अप्रेल १३ सुक्रवार अथवा Nepali New Years eve को दिन भ्वाइस अफ नेपालका विजेता कलाकारसँग धमाका र शुभकामना आदानप्रदान एवम् नेपाली साँस्कृतिक कार्यक्रमहरुका साथ सम्पन्न भएको थियाे । उक्त कार्यक्रम उपाध्यक्ष जानुका पुनको संयोजक्त्वमा सम्पन्न भएको थियो ।

त्यसअगाडि सन् २०२३ सालमा उपाध्यक्ष दुर्गा पाङमा (हु अङ्बाङ) को संयोजक्त्वमा देउसी भैलो उपाध्यक्ष वसुन्धरा राई को  संयोजक्त्वमा दशै तिहार र उपाध्यक्ष चिरन साम्पाङ राईको संयोजक्त्वमा सगरमाथा कप र नेपाली नयाँ वर्ष जस्ता कार्यक्रमहरु पनि उत्कृष्ट र सफलताका साथ सम्पन्न भएका थिए ।

यस कार्यसमितिले ल्याएको कार्यक्रमहरुमा आसफोर्डवासी नेपाली दाजुभाई दिदिबहिनीहरुका लागि सन् २०२३ देखि सगरमाथा गोर्खा/नेपाली समाजको कार्यालय सार्वजनिक कार्यक्रमका लागि पनि हायर गरेर चलाउँदै आएको छ । बेलायतमा अचेल नेपाली समुदायका असंख्य कार्यक्रम हुने क्रम बढिरहँदा ‘भेन्यू’ अभाव हटाउन सगरमाथा गोर्खा नेपाली समाजले आफ्नो टाउन सेण्टरस्थित कार्यालय सार्वजनिक कार्यक्रमका लागि खुला गरेको छ । व्यक्तिगत समारोह जस्तै- जन्मदिन, पास्नी, पदोन्नतिको खुशीयाली, चाडपर्व आदि र संस्थागत कार्यक्रम अन्तर्गत संस्थाको वार्षिक साधारणसभा, जमघट, नियमित बैठक, गाउंले भेला, चाडपर्व वा जन्मजयन्ती, अन्तरक्रिया कार्यक्रम, स्वास्थ्य शिविर, विभिन्न तालिम आदि हाम्रो कार्यालयमा गर्दै आएका छौँ ।
– २ जुन २९२३ समाजमा घरबाट सुन चादि, पैसा सम्पति चोरि बढे पछि स्थानिय व्यावसायि ग्लोबल बुलियन भल्ट (Safe Deposit Box) सँग सहकार्य गर्ने निर्णय ।  उक्त निर्णय भल्ट संस्थापक एवम् प्रबन्ध निर्देशक जनक राई संग भएको हो ।
भल्टले सेफ डिपोजिट  लकर सेवा उपलब्ध गराउँदै आएको छ ।

–  १६ जुलाई २०२३ युवा हरुलाई  संगठित् वनाउने उदेश्यका साथ भलिबल टुर्नामेण्ट को सुरुआत ।
–  १६ अगस्ट २०२३ मा ननियुक्त काउन्सिलर टिट बिट पार्टीहरुसँग सुमधुर सम्बन्ध कायम गर्न टिटबिट पार्टी ।
– २अप्रिल २०२३ मा समाजमा घरबाट सुनचाँदी, पैसा सम्पति चोरी बढेपछि स्थानीय व्यावसायी ग्लोबल बुलियन भल्ट (Safe Deposit Box) सँग सहकार्य ।
– २ सेप्टेम्बर २०२३ देखि लागूऔषध दुर्व्यसनबारे सचेतना कार्यक्रमको सुरुआत-  नेपाली समुदायको बाहुल्य रहेको रहेको आसफोर्डमा  लागूऔषध तथा मद्यपान दुर्व्यसनबारे एक दिने सचेतना कार्यक्रम हुने भएको छ । नेपाली समाजमा पछिल्लो समय किशोरकिशोरी र युवायुवतीहरू दुर्व्यसनमा फस्नेहरूको संख्या बढिरहेको बेला आसफोर्डमा सोबारे  सचेतना कार्यक्रमको सुरुआत गरेको हो । ‘हाम्रो समुदायका युवाहरू दुर्व्यसनमा फसेका हुन सक्छन् । उनीहरू र अभिभावकहरूलाई उचित जानकारी र परामर्श दिने हाम्रो उदेश्य हो ।
– २ सेप्टेम्बर  सचेतना कार्यक्रम : गैरसामाजिक क्रियाकलापबारे, ठुलो आन्द्राको क्यान्सरबारे, रक्सीजन्य र लागूऔषध प्रयोगबारे सचेतना कार्यक्रम को सुरुआत गरियो ।
– सगरमाथा गोर्खा नेपाली समाजले “नेपाली घर खरिद प्रोजेक्टको सहयोगार्थ कोष संकलन गर्न पहिलो पटक गोर्खालिहरुको कथा र व्यथामा आधारित कथानक  “गोर्खा वरियर”रेड कार्पेट  प्रदर्शनी जस्तो कार्यक्रम हरुको सुरुआत भयो । यसै अवसरमा गोर्खा  वरियर को तर्फवट आश्फोर्ड वासि ४० जना मलाया भेटरान र उनका श्रीमति हरुलाई सम्मान् पत्र र खदा ओढाएर सम्मान् गरिएको थियो। होर्खा पिस फाउण्डेसनका अध्यक्ष भिमराज तुम्बानाङफे ज्यु संग सहकार्य गर्ने निर्नय भयो ।
–  १२ नोभेम्बर २०२३ सिसु श्वास्थ्य सचेतना कार्यक्रम र टि ए को ओपन डे को सुरुआत भयो।
– १९ नोभेम्बर २०२३ दरबार क्याफे एण्ड बारमा समाजको देउसी भैलो कार्यक्रम को सुरुआत गरियो ।
–  १३ जनवरी २०२४ मा ब्रेस्ट क्यान्सर र हेल्थि लाईफ स्टाल को सचेतना कार्यक्रमको सुरुआत।
– २० अप्रिल २०२४ अहिले सम्म सुन्य जस्तै रहेको अव धेरै भन्दा नेपाली युवा हरुलाई प्रहरिमा भर्ती को लागी मद्धत पुर्याउने हेतुले केण्ट पुलिस ओपनिङ डे को सुरुआत।

– ३० अप्रिल २०२४ समाजमा लागूऔषध तथा मद्यपानका दुर्व्यसनलाई निरुत्साहित गर्न रिकभरि स्टेजका दुर्व्यसनिहरुको काउन्सेलिङ को लागि समाजले हप्तामा एक दिन कार्यलय निसुल्क प्रदान गर्ने यस कार्यक्रमका सहजकर्ता फरवार्ड ट्रस्टका ड्रग एन्ड एल्कोहल प्राक्टिसनर विजय लुम्फुङ्वा लिम्बुज्यूसँग निर्णय गरियो । उनले दुर्व्यसनको स्थिति, नेपाली मूलका व्यक्तिहरूको अवस्था, प्राप्त गर्न सकिने परामर्श र उपचार लगायतका विषयमा प्रस्तुति दिनेछन् । आसफाेर्डमा पछिल्लो समय उल्लेख्य सङ्ख्यामा दुर्व्यसनीहरू बढेको हुन सक्ने सो क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन् । लुम्फुङ्वा नेपालमा रहँदा लागूपदार्थ दुर्व्यसन रोकथाम  तथा नियन्त्रणका क्षेत्रमा करिब २३ वर्ष काम गरेका थिए भने बेलायतमा पनि ४ वर्श यसै क्षेत्रमा कामगर्दै आएका छन् ।

सन् १९९१ देखि फर्वार्ड ट्रस्टले केन्टका आसओर्ड, फोक्स्टन क्यान्टरवरी, थानेत लगायतका ठाउँमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । राष्ट्रिय तथ्यांक कार्यालय बेलायतका अनुसार सन् २०२२ को जूनसम्ममा १६ देखि ५९ वर्षसम्मका ३० लाख वयस्क र १६ देखि २४ वर्षसम्मका ११ लाख युवाहरूले कुनै पनि प्रकारको लागूपदार्थ प्रयाेग गरेको जनाएको छ ।

– ११ मे २०२४ आश्फोर्डका युवा हरुलाई बर्समा एकपटक् बाहिरका फुट्बल् टुर्नामेण्ट मा भाग लिन संस्थाले स्पन्सर् गर्ने निर्णय ।

यसै वर्षदेखि समाजको सुविधाका लागि सेक्युरिटि तालिम पनि सुरु भैँ सफलताका साथ तालिम हरु सन्चालन भै रहेका छन् ।
आसफोर्डमा नेपाली समुदायबीच सम्बन्ध थप प्रगाढ बनाउनका लागि हामीले आफ्नो कार्यालय सार्वजनिक प्रयोजनका लागि साथै दु:खका कर्यक्रमहरुमा मिनाहा चलाउन खुला गरेका हौं ।
कार्यक्रम गर्दा सगरमाथाको ब्यानर वा लोगो प्रयोग गर्नु पर्दैन । बरु आफ्नै ब्यानर प्रयोग गर्न सक्नेछन् । कार्यक्रमका बेला चिया-कफी समेत निशुल्क उपलब्ध गराइदिएका छौँ । करिब ८० – १०० जनाको कार्यक्रम गर्ने क्षमता छ। ट्वाइलेट, कुर्सी, टेबल, साउण्ड सिस्टम, प्रोजेक्टर र स्क्रिन लगायत सुविधा समेत उपलब्ध छ ।

आसफोर्डमा रहेका नेपालीहरूको साझा संस्थाका रूपमा रहेको सगरमाथा गोर्खा नेपाली समाज  बेलायतमा नेपालीहरूको बाक्लो बसोबास भएको नगरमा पर्छ । सन् २००४ मा स्थापना भएको समाजले च्यारिटीको क्षेत्रमा वर्षेनी कामहरू गर्दै आएको छ । गत वर्ष राष्ट्रिय स्वास्थ्य सेवा(एनएचएस)मा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि भन्दै काउन्सिलकै सामाजिक क्षेत्रमा सहभागी हुनेदेखि स्वतन्त्र रूपमा मानवीय सहयोगका लागि गतिविधिहरू गर्दै आएको छ । समाजले स्वास्थ्य, सुरक्षा , पुलिसिङ, खेलकुद, कला, सँस्कृति, साहित्यका लागि कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ । काउन्सिलले वर्खा याममा गर्ने ग्लोबल कल्चरल मिटमा सहभागी भएर विश्वका विभिन्न देशका नागरिकहरूमाझ नेपाली कला, गीत, संगीतको प्रचार पनि गर्दै आइरहेको छ । समाजले ड्रिम प्रोजेक्टका रूपमा नेपाली समुदायको सामूहिक गतिविधि अघि बढाउन घर खरिदको प्रक्रिया पनि सञ्चालन गरिरहेको छ ।

चाडपर्वका बेला खानपिनको अभाव नहोस् भन्ने उद्देश्यले सगरमाथा गोरखा नेपाली कम्युनिटी आसफोर्डले घरबारविहीनका लागि खाद्यान्न प्रदान गर्दै आएको छ। बेलायतीहरूको ठूलो पर्व ख्रिष्टमसको अवसरमा पहुँच हुने गरी कम्युनिटीले खाद्य सामग्री दान गर्दै आएको छ ।

सन् २०१५ सालदेखि केन्टका घरबारविहीलाई देशको महान् चाड ख्रिष्टमस मान्न खानपिनको अभाव हुन नदिन च्यारिटीमा आधारित कार्यक्रम गर्दै आएको हो ।
महङगि बडेका कारण कारण घरबारविहीन हुनेको संख्या बढेको सरकारी आँकडाले जनाएको थियो । बीस पाउन्डको युनिभर्सल क्रेडिट र फर लो स्किम हटाएसँगै सडकमा आश्रित हुनेको संख्यामा ह्वात्तै वृद्धि भएको थियो ।

गत वर्षहरुमा झैँ यो साल पनि सन् २०२३ जुलाई १६ आइतवार का दिन आशफोर्ड नगर परिषद् ( Ashford Borough Council ) ले ईक्युएटर फेस्टिभल का डाईरेक्टर पृति पिण्टेल को संयोजक्त्वमा विशेष प्रस्तुतीहरु पस्कँदै बहुसांस्कृतिक कार्यक्रम् भव्यताका साथ सुसम्पन्न गरेको थियो ।
हाम्रो नेपाली समुदाय पनि सिङ्गो आशफोर्ड वासिहरुको एउटा महत्वपूर्ण हिस्सा हो।यो समाजको उत्थान, विकास तथा प्रवर्द्धन गर्ने अभिप्रायले सम्पादन गरिएको हो। यस्ता किसिमका सामाजिक गतिविधिमा हाम्रो प्रतिनिधित्व तथा सहभागिता जनाउनु आवश्यक छ। सगरमाथा गोरखा नेपालि समाज सम्पूर्ण आश्फोर्ड वासि नेपालीहरूको सङ्स्था भएकोले यस्ता समन्वयकारी भूमिकाका निभाउन जरुर् पर्दछ। यसमा सम्पुर्ण जातीय सस्थाहरुको तर्फबाट प्रतिनिधित्व गर्दै सगरमाथा गोरखा/नेपाली समाज कार्यक्रममा सहभागी हुनसकेकोमा गौरव लागेको छ ।

भावी कार्यक्रम हरुमा जुन २९ मा सगरमाथा गोर्खा नेपाली समाज, गोर्खा पिस फाउण्डेसन र नेपाली डाक्टर्स एसुसिएसनको सङ्युक्त पहलमा स्वस्थ्य सिविर को आयोजना गरिएको छ। उक्त कार्यक्रममस ए टु जेड चेक अप सेण्ट साइमन हल बिहान ९ बजे देखी बेलुका सवैको चेक नसकुन्जेल सम्पन्न हुने छ। सवै आश्फोरर्ड साथै केण्ट बासी  हरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गरिन्छ।  मेण्टल हेल्थ सचेतना कार्यक्रम चाही मिती र स्थान तोकिएको छैन।  बाकी अरु सङ्स्थाले गर्दी आएका कार्यक्रम हरुनै निरन्तरता दिइने छ। सहयोगि  पूर्ण विवरण का बा महासचिव वाट पाउनु हुने छ।

 (सिङ्गक सगरमाथा गोर्खा नेपाली कम्युनिटी आुसफाेर्ड केन्टका अध्यक्ष हुन् ।)

Related Articles

Leave a Reply

Back to top button