आदिवासी

सेवारो कलाकार संघ युकेले यक्वा तंनाम मनायो

विमला सेने,
लण्डन- सेवारो कलाकार संघ युकेले विविध सांस्कृतिक कार्यक्रम सहित यक्वा तंनाम पुजा भव्यरुपमा मनाएको छ । सनिवार आसफोर्ड, केन्टको क्रीस चर्चको प्रागणमा धार्मिक थान स्थापना गरि परम्परागत रुपमा फेदाङमा (पुजारी) पदम सम्वाहाङफेले पुजा अर्चना गरि यक्वा पुजा गरेको हो ।

पुजा अर्चना पश्चात आयोजित औपचारिक कार्यक्रमलाई महासचिव जय मादेम्वाले संचानाल गर्नुभएको थियो । उपाध्यक्ष विमला लिम्वुले स्वागत गरेपछि प्रमुख अतिथी तथा पुजारी पदम सम्वाहाङफे र अध्यक्ष दुर्गा पांङमाले संयुक्तरुपमा पानसमा वत्तिवाली कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सस्थाका सस्थापक अध्यक्ष काजीमान यक्सोले यक्वा तंनामको वारेमा चर्चा गर्नु भयो । विषेश अतिथीको रुपमा वोल्दै मगर संघ युकेकी अध्यक्ष सिता पुनले कलाकार भए पनि हाम्रो रुट भनेको, संस्कार सस्कृती भनेको प्रकृती पुजक हो, हाम्रो धर्ती आमालाई खुशी मनाएनौ भने हाम्रो पहिचान मेटिदै जान्छ, विदेशमा पनि आफनो पहिचानलाई जोगाउन खेलेको महत्वपुर्ण भुमिकाको लागि धन्यवाद दिदै सवै मिलेर आगडी वढनको लागि आवह्वान गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष दुर्गा पाङमाले सेवारो कलाकार संघका तीन जना कलाकारहरुलाई उनीहरुको योगदानको कदर गर्दै सम्मानपत्रद्धारा सम्मान गर्नुभयो । सम्मान पाउने कलाकारहरुका यालाम गायिका दिलु लिम्वु, कलाकार तथा लेखिका शान्ति खिम्दिङ, साहित्यकार लिला सेलिङ मावो र पत्रकार तथा साहित्यकार नरेन्द्र नेम्वाङ रहेका छन । सोही अवसरमा हङकङ र नेपालवाट आउनुभएको कलाकारहरु माक्सोती ओख्रावो र भगवती लिम्वुलाई नया सदस्या प्रदान गरियो।

कार्यक्रममा सगरमाथा नेपाली समाजका अध्यक्ष डम्वर सिङगक, मिस्टर नेपाल विजेता तथा मोडल रोहित थेवेले यक्वा तंनाम उभौलीको उपलक्षमा सुभकामना दिएका थिए । त्यसैगरि किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष खगेन्द्र लावती, सल्लाहकारहरु चिटराज हुक्पा चंङवाङ र सुर्य खापुङ, नागरिक समाज युकेका अध्यक्ष छत्र वनेम, थामेन्दिङ चुम्लुङका उपाध्यक्ष मन माया नेम्वाङ, नेपाली कलाकार प्रस्तोता मन्चका सचिव गंगाराज राई, संगीतकार गणेश गुरुङ लगायत अतिथीकोरुपमा उपस्थित थिए ।

सानु सुव्वाले संचालन गर्नुभएको सास्कृतिक कार्यक्रममा कलाकार भक्ती आङदेम्वे, दिलु मादेन, माकसोती ओख्रावो, राजेन नेम्वाङ, डम्वर हुक्पा चोंवाङ, दीप केरुङ, जीता पाङमा, रिता फोम्वो ठुली, पुर्ण कुमारी लिम्वु लगायतले च्याव्रुङ, हाक्पारे, थक थाम्मा केलाङ, ताम्के साम्लो, याक्थुङ समुदायमा लोप हुदै गएको तुरुप्पे नाच, लाङवा उङवा नाचहरु प्रस्तुत गरेका थिए ।

याक्थुङ परम्परा अनुसार अन्नवाली लगाउने वेलामा अन्नवाली राम्रोहोस भनी धर्तिमाता (भुमी) को पुजा अर्चना गरि मनाइने यो पर्वमा वेलायतमा रहेको लिम्वु समुदायको वाक्लो उपस्थिती रहेको थियो । २०१२ मा स्थापना भएको सेवारो कलाकार संघले वेलायतमा रहेका लिम्वु कलाकारहरुलाई संगठीत गरी याक्थुङ कला संस्कृतिको जर्गेनामा योगदान गरिरहेको छ ।

Related Articles

Leave a Reply

Back to top button

This will close in 0 seconds