आदिवासी

प्रोफेसर खवाहाँङसँग अन्तरक्रिया तथा उनको पुस्तक विमोचित

लण्डन, गत १९ जुलाई २०२६ का दिन लण्डन नजिक आसफोर्ड टाउनमा प्रोफेसर मारुहाँङ खवाहाँङसँग मुन्धुमीय मातृसत्तात्मक सामाजिक ब्यवस्था विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

उनले सिद्धान्तकरण गरेको डिलिङ्किङ, रिलिङ्किङ र लिङ्किङ पुस्तकमा समेटिएको विषयबस्तु र अव आउने पुस्तकमा समेटिने विषयको बारेमा अन्तरक्रिया भएको हो । हिमालयन ईण्डिजिनियस स्टडिज (हायस) को स्थलगत अध्ययन भ्रमण आसम, पूर्वी नेपालको तमोर नदि वरिपरि प्राप्त भएका मुन्धुमहरुबारे जानकारी गराएका थिए । लिम्बु स्वयंले आफूले आफैलाई याक्थुङ भन्ने र याक्थुङहरुमा रहेको मुन्धुम र मुन्धुमी जीवनपद्धति विश्वमै मौलिक रहेको, मुन्धुममै जीवन रहेको कुरा बताए ।

प्रोफेसर खवाहाँङले सिद्धान्तकरण गरेको पुस्तकको नेपाली अनुवाद पुस्तकको विमोचन समेत भएको थियो । युमा साम्यो महासभा युकेको संयोजन रहेको कार्यक्रमलाई पहिलो चरणमा चन्द्रगोपाल चेम्जोङ लाहाङले र अन्तरक्रियामा प्रश्नउत्तर कार्यक्रमलाई हायस सदस्य नरेन्द्र माबोहाँङले संचालन गरेका थिए । अर्का हायस सदस्य लोकेन्द्र तबेबुङले पनि उठेका प्रश्नहरुको उत्तर दिएका थिए । प्रोफेसर खवाहाँङ अमेरिकाबाट भ्रमणकोक्रममा लण्डन आई पुगेका छन् ।

अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीमा अध्यापन गराउने प्रोफेसर खवाहाँङले विगत एक दशक देखि अध्ययन अनुसन्धानमा लागि रहेको बताए । युके महासभाको अध्यक्ष दिल पालुङ्वाको सभापतित्व रहेको कार्यक्रममा धेरैको सहभागिता रहेको थियो । सहभागीहरु मध्ये करिब एक दर्जन भन्दा बढिले मुन्धुम सम्बन्धि प्रश्नहरु सोधेका थिए ।

Related Articles

Back to top button