प्रवास

स्याङ्जा सहयोग समाज पोर्चुगलको अध्यक्षमा विपिन अर्याल

लिस्बन (पोर्चुगल), १० वैशाख : स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले विपिन अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

आइतबार राजधानी लिस्बनमा सम्पन्न अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि अर्यालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समाजको उपाध्यक्षमा विशाल पराजुली, तुलबहादुर गुरुङ, गणेश गैरे र क्षितिज गौचन चयन हुनुभएको छ । समाजको महासचिवमा ऋषि सुवेदी चयन हुनुभएको छ । अधिवेशनले सचिवमा मणि सुवेदी र शेरबहादुर गुरुङलाई सर्वसम्मत निर्वाचित गरेको छ । यस्तै कोषाध्यक्षमा दिक्षा पौडेल र सहकोषाध्यक्षमा पुरनबहादुर कुँवरलाई चयन हुनुभएको छ ।

समाजको सदस्यमा टापबहादुर राना, भरत थापा, अनमोल केसी, खगेन्द्र भण्डारी, खेमराज न्यौपाने, राजेश पङ्गेनी लगायत २१ जना सर्वसम्मत चयन भएका छन् ।

समाजका अध्यक्ष अर्यालको अध्यक्षता तथा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्का, सङ्घका आइसिसी सदस्य राजकुमार थापा, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव एमपी अर्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button