स्थानीय

सिधुवामा रेम्बो ट्राउट माछाको उत्पादन सुरु (भिडियो सहित)

धनकुटा । धनकुटाको सिधुवामा रेम्बो ट्राउट माछाको उत्पादन सुरु भएको छ । छथरजोरपाटी गाँउपालिका ६ सिधुवा बजार नजिकै करीब १५ लाख रुपैया लगानी स्थानिय जुना श्रेष्ठले पालन सुरु गर्नु भएको हो ।

उहाले चार रोपनी क्षेत्रफलमा गत बर्ष १५ हजार भुरा हालेर माछापालन सुरु गर्नु भएको हो । अहिले करीब १० हजार माछा बिक्रि गर्ने अबस्थामा छन् । यो माछालाई सफा ठाँउ, स्वच्छ चिसो पानी, दाना आदिको प्रबन्ध गर्ने पर्ने हुन्छ ।

यो माछा पहाडी उच्च छेत्रमा पालन हुने गरेको छ । अहिले सम्मको खर्चको आधारमा कम्तीमा पनि प्रति किलो १४ सय रुपैयामा बिक्री गर्नु पर्ने हुन्छ । यो मुल्यमा बिक्री नगरे घाटा हुने उहाँको भनाई छ ।

लगानी बढि हुने भएकाले महगो मुल्यमा बिक्रि बितरण गर्नु पर्ने हुन्छ तर माछा महंगो मुल्यमा बिक्री बितरणनै समस्या हुने कृषक श्रेष्ठ बताउनु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button