युके विशेष

युकेमा भान्जाभान्जिहरुको रंनिङक्लबद्धारा प्रत्येक हप्ता एक दोकानको प्रमोसन

आसफोर्ड ।
२५ फेब्रुवरी २०२४, आइताबारका दिन आसफार्ड टाउन र भिक्टोरिया पार्कमा करिब दुई दर्जन नेपाली युवा तथा युवतीहरुले दौडिएर फन्को लगाए ।

करिब ५ किमीको दौड पछि उनीहरु बबलहब कफि सपमा भेला भए र डिस्काउन्टमा चियाकफी सहितको ब्रेकफाष्ट खाए त्यसपछि फोटो खिचाए र सोसल मिडियामा पोष्ट गर्ने बताए ।

प्रत्येक हप्ता एक दोकानको प्रमोसनको निमित्त त्यसरी दौडिने गरेको कुरा हाम्रो रनिङ क्लवका संयोजक संगिन राईले बताए । फोकस्टोन र आसफोर्डका युवाहरु सो दौडमा सहभागी बनेका हुन ।

फोक्स्टोन, आसफोर्ड, ग्रिनवीचमा शाखा रहेको र प्रत्येक आइतावार नियमित दौद हुने गरेको बताए । आउदो हप्ता आसफोर्ड टाउनकै अर्को फाष्टफूड नमुनाको प्रमोशनको निमित्त दौडिने बताए । विभिन्न क्षेत्रमा रोजगारी गर्ने तथा यूनिभर्सिटीमा अध्ययनरत युवाहरु विगत ४ बर्षदेखि क्लबमा आबद्धभई यसरी रचनात्मक कार्यमा सहभागी हुदै आएका छन ।

आसफोर्ड टाउनमा रहेका धेरै जिमक्लवहरु मध्ये एनिटाइम जिमक्लव र बबलहब कफि सपको ब्यवस्थापन नेपालीले गर्दै आएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button