स्थानीय

कञ्चनजंघा क्षेत्रमा पर्यटनसंख्या बढ्दो

दिलकुमार लिम्बू,
ताप्लेजुङ १० फागुन, विश्वको तेस्रो अग्लो कञ्चनजंघा क्षेत्रमा पहिल्लो समयमा पर्यटकहरुको संख्या बढ्दै गएको छ । लामो समय कोभिडका कारणले सुनसान जस्तै रहेको कञ्चनजंघा क्षेत्रमा पछिल्लो समयमा बाह्य पर्यटकहरुको रोजानइमा पर्न थालेको हो ।

चालु आर्थिक वर्षको साउन देखि माघ सम्ममा कञ्चनजंघा क्षेत्रमा ६५० जान बाह्य पर्यटकहरु अवलोकन गर्न यस क्षेत्रमा पुगेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सूचना अधिकारी दोभान लिम्बूले बताउनुभयो । त्यतिकै संख्यामा आन्तिरिक पर्यटकहरुले समेत कञ्चनजंघा क्षेत्रको अवलोकन गर्न पुगेता पनि आन्तरिक पर्यटकहरुको तथ्यांक भने अहिले सम्म राख्ने व्यवस्था नभएको परिषद् कार्यलयले जनाएको छ । यस क्षेत्रमा पर्यटकहरुको आगमनले होटल व्यवसायी उत्साहित भएका छन् । गत वर्ष ४३९ जना बाह्य पर्यटकले अवलोकन गरेका थिए । गत वर्षका तुलनामा चालुआर्थिक वर्षमा २११ जना बाह्य पर्यटकहरुको संख्या वृद्धि भएको परिषद्को तथ्यांकले जनाएको छ । अहिले चिसो मौसमका कारण कञ्चनजंघा क्षेत्र अवलोकन गर्न खासै उपयुक्त छैन । यस क्षेत्रमा भदौ देखि मंसिर तस्रो साता सम्म उपयुक्त मौसम मानिन्छ । त्यस्तै बैशाख,जेठ र असार महिना कञ्चनजंघा क्षेत्र भ्रमण गर्ने अनुकुल समय मानिन्छ ।

विस्तारै पर्यटकको आगमनसंगै पर्यटन व्यवसाय लयमा फर्कन थालेका छन् । कोभिड—१९ को कारणले लामो समय सम्म सुनसान जस्तै रहेको कञ्चनजंघा हिमश्रृखला क्षेत्रमा विस्तारै लयमा फर्किन थालेको कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषदका कार्यालय सचिव मनकुमार लिम्बूले बताउनुभयो ।

कञ्चनजंघा क्षेत्रमा बसोबास गर्न समुदायको मुख्य आम्दानीको स्रतो पर्यटन हो । विस्तारै पर्यटनको आगनले पर्यटन व्यवसायी तथा होटल व्यवसायी उत्साहित भएका छन् । कञ्चनजंघा आउने पर्यटक लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा सानोठूलो लगानीको ५२ वटा होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांक छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा ७ करोडभन्दा माथिको लगानीमा बनेको सिंगी नामजोंग होटल सञ्चलनमा छ । समुद्र सतहदेखि ३ हजार ५०० मिटरदेखि चार हजार ५०० मिटर उचाइमा एक करोडभन्दा बढी लगानीमा बनेका चार वटा होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताउनुभयो । अन्य ८० लाख रुपैयाँ देखि माथिका लगानीमा होटल सञ्चालनमा रहेको चेम्जोङको भनाइ छ । पहिल्लो समयमा पर्यटनको आगमनले पर्यटन व्यवसायी तथा होटल संञ्चलकहरु उत्साहित भएको घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताउनुभयो ।

२०७६/७७ मा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक कञ्चनजंघा हिमालमा आएको कञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांकमा उल्लेख छ । सार्क राष्ट्रबाट २५ पुरुष र चार महिला पर्यटक कञ्चनजंघा हिमालमा आएका हुन् । कञ्चनजंघा हिमालमा आउने विदेशी पर्यटकको तथ्यांकलाई २१ वर्ष पछाडि फर्केर हेर्दा २०५६ मा पुग्न सकिन्छ । २०५६ मा ७९९ जना विदेशी पर्यटक कञ्चनजंघा घुमघाम गर्न आएको तथ्यांक छ । २०५७ मा ८७३ विदेशी पर्यटक आएका छन् । २०५७ देखि २०७७ सम्म ११ हजार १९७ विदेशी पर्यटक कञ्चनजंघा हिमाल अवलोकन गर्न आएको परिषद्को तथ्यांकले देखाएको छ ।

कञ्चनजंघा हिमालको आधार शिविर पुग्नका लागि २ वटा पदमार्ग प्रयोग हँुदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका हुँदै पर्यटक कञ्चनजंघा हिमालको आधार शिविर पुग्ने गर्दछन् । यो पदर्माग (साउथ रुट)मा पर्ने कञ्चनजंघा व्यवस्थापन परिषद्को याम्फुदीन कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताउनुभयो ।

काठमाडौंदेखि हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म पुगेर फक्ताङलुङ गाउँपालिका हुँदै कञ्चनजंघा हिमालको आधार शिविर पुगिन्छ । यो पदर्माग (नर्थ रुट) मा पर्दछ । कञ्चनजंघा क्षेत्र जाने पर्यटकको विवरण कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले राख्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button