आदिवासीप्रवास

बेलायतमा नेपाल आदिवासी जनजाति महिला महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन संपन्न

लन्डन, १९ सेप्टेम्बर २०२६। नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको पाँचौँ राष्ट्रिय महाधिवेशन १९ सेप्तेम्बेर शनिबार बेलायतको वाटफोर्ड स्थित सलाड मास्टर अफिसमा भव्यताका साथ संपन्न भएको छ ।

महाधिवेशनको पहिलो सत्रमा कार्यक्रमको अध्यक्षता महासंघकी अध्यक्ष नेत्रकला (युमा) लिम्बु, महाधिवेशनमा प्रमुख अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेका अध्यक्ष योगेश कोयु राईको सहभागीता रहेको थियो ।

त्यस्तै एनआरएनए आईसीसी उपाध्यक्ष विश्वदीप तिगेला, नेपाल आदिवासी जनजाति महासंघ नेपालका पूर्वसचिव तथा जनजाति अभियन्ता भक्तबहादुर दुरा, डा. सुमाया राई, महासंघ यूकेका निवर्तमान अध्यक्ष कर्म पहाडी शेर्पा तथा पुर्व अधक्ष्यहरु साथै नेपाल चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी चलचित्र प्रवर्द्धन समितिका सदस्य अरुण प्रधान, तमुधीयूकेका अध्यक्ष जुमकाजी गुरुंग, तमुधी आमा समूहकी अध्यक्ष कमला देवी गुरुंग, आदिवासी जनजाति महासंघ (नेफिन) यूकेका महा सचिव फारम बहादुर दुरा, मगर संघ यूकेका वरिष्ठ उपाध्यक्ष रुद्र थापा मगर, सशी थापा सुब्बा, छात्रकला राई लगायत विभिन्न संघ संस्थाका अधक्ष्य अनि प्रतिनिधिहरु अतिथिका रूपमा रहेका थिए।

कार्यक्रममा अध्यक्ष र प्रमुख अतिथिबाट दीप प्रज्वलन भएको थियो भने रास्ट्रिय गान साथ भोटेकोशीमा आएको बिनासकारीमा ज्यांन गुमाएका दिवंगत आत्माको चिर शांतिको कामना गर्दै मौन धारण गरिएको थियो।

कार्यक्रममा सस्थाकी वरिष्ठ उपाध्यक्ष गंगा माया दुराले स्वागत मंतव्य दिएकी थिइन भने कार्यक्रम सञ्चालन महासचिव मनिकला राईले गरेकी थिइन ।

महाधिवेशनको दोस्रो सत्रमा महासंघको वार्षिक प्रगति प्रतिवेदन,कार्ययोजना आर्थिक प्रतिवेदन महासचिव मनिकला राई बाट प्रस्तुत गरिएको र विधान संयोजक बिमला सेने, सचिव गोमा राना र सदस्य भूमिका फ़ियक लिम्बूबाट संचालित बिधान संशोधन प्रस्तावमाथि वृहत छलफल गरिएको थियो ।

कार्यक्रममा विभिन्न संघ सस्थामा निर्वाचित, सम्मानित, स्थापना कालदेखि निरंतर योगदान दिनु हुने महिलाहरू,कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रशंसा पत्र, दोसल्हा र फुलको गुच्छाले सम्मान गरिएको थियो। त्यसपछि, अध्यक्ष मण्डल तथा निर्वाचन समितिको घोषणा गर्दै नयाँ कार्यसमिति चयन प्रक्रिया अघि बढाईएको थियो।

अन्तिम चरणमा निर्वाचन मण्डलको अध्यक्ष -प्रध्यापक डा सुमाया राई, सचिव -ग्रेटर रश्मोंर नेपाली कम्युनिटीका अध्यक्ष लीला सेलिंग माबो र किरात राई यायोख्खाका पूर्व अध्यक्ष कल्पना राईको निर्वाचन समितिबाट नयाँ कार्यसमिति चयन प्रक्रिया सुरु भएको थियो।

महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशनले बेलायतमा रहेका आदिवासी जनजाति महिलाको संगठनात्मक गतिविधि, आगामी कार्ययोजना तथा नेतृत्व चयनसम्बन्धी विषयलाई मुख्य रूपमा छलफल भएको थियो।

नेपाल आदिवासी जनजाति महिला महासंघ (NIWFN) यूकेको पाँचौँ ऐतिहासिक महाधिवेशन भव्यताका साथ सम्पन्न भएकोमा गंगा माया दुराको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको नामावली वरिष्ठ उपाध्यक्ष: वसुन्धरा याक्खा, उपाध्यक्ष: सरला राना मगर,महासचिव: मनि कला राई गुरुङ,सचिव: सुष्मा राई, कोषाध्यक्ष: शोभा घूरा,सह-कोषाध्यक्ष: जित कुमारी चाक्खा,सदस्यहरू: कमला गुरुङ, रेणु फियाक लिम्बू, र कमला लिम्बू।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति तथा उपस्थित सम्पूर्ण प्रतिनिधिहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नयाँ नेतृत्वले यूकेमा रहेका आदिवासी जनजाति नेपाली महिलाहरूको हकहित र पहिचानका लागि आगामी दिनमा अझ सशक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

अन्त्यमा नव निर्वाचित अध्यक्ष दुराले यो अधिवेशन सफल पार्न सहयोग गर्नुहुने संपूर्ण लाई धन्यवाद ज्ञापन गरेका छन।

Related Articles

Back to top button