समाचार

उज्यालो नेपाल पार्टी सुनसरीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

२९ सेप्टेम्बर, इटहरी । सुनसरीको इटहरीमा भएको उज्यालो नेपाल पार्टी सुनसरीको वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बैठकले सुनसरीका १२ वटै पालिका हुँदै वडासम्म मिसन अन्तर्गत सङ्गठन बिस्तार र प्रशिक्षण गर्ने निर्णय लिएको छ ।

बैठकमा पार्टीका संघीय सदस्य तथा १ न. प्रदेशका इन्चार्ज खगेन्द्र माखिमले प्रशिक्षणात्मक मन्तब्य राखेका थिए भने पार्टीका संघीय सदस्य डम्बर लाओती (जेन्टल), प्रदेश उपाध्यक्षद्वय रेख बहादुर तामाङ, गङ्गा राई, कोषाध्यक्ष मिसन लामा, प्रदेश सदस्य, गोपाल तामाङ, युमेहाङ राई, जिल्ला उपाध्यक्ष जागेस्वर यादव, इटहरी नगर अध्यक्ष हस्त बहादुर तामाङले शुभकामना मन्तब्य राखेका थिए ।

सुनसरी जिल्ला अध्यक्ष झहरमान थेबेको अध्यक्षतामा सम्पन्न उक्त बैठक तथा प्रशिक्षण कार्यक्रमको सन्चालन सुबास तामाङ्ले गरेका थिए भने शुभकामना मन्तब्य जिल्ला उपाध्यक्ष लोक ब. राईले गरेका थिए ।

Related Articles

Back to top button