
फार्नबोरो, लण्डन। फार्नबरोस्थित गोर्खा भवनमा रश्मूर नेपाली कम्युनिटी (GRNC) को सहकार्यमा ‘Raising Voices in Research (RVIR)’ सम्बन्धी नाटक मार्फ़त कार्यक्रम २९ सेप्टेम्बर २०२६ मा आयोजना गरिएको आयोजकले जानकारी दिएका छन ।
कार्यक्रममा सहभागीहरूले स्वास्थ्य तथा सामाजिक हेरचाह सम्बन्धी अनुसन्धानमा समुदायका अनुभव र आवाजलाई कसरी समेट्न सकिन्छ भन्ने विषयमा भूमिका अभिनय, प्रयोगशाला तथा प्रश्न उत्तर दिई सिक्ने अवसर प्राप्त गरेका छन्।
कार्यक्रम नेपालबाट आउनु भएकी चर्चित अभिनेत्री पशुपति राईको सहयोगमा जीआरएनसीका ट्रस्टी ग्यारी घले, सलाहकार क्या रि. बिष्णु श्रेष्ठ त्यसै गरी ज्ञान गुरूंग, शोभा गुरुंग, सीमा श्रेष्ठ र सुभाष राईले नाटकमा अभिनय प्रस्तुत गरेर संदेश दिएका थिए। प्रोजेक्ट म्यानेजर सुशीला मगर, संजय राई, श्रेया शेरपूंजा गुरुंगले समेत आवश्यक सहायोग गरेका थिए।
अभिनेत्री राई नेपाली मेलामा निर्णायकको अभिभारा र चलचित्र पेन्शन पट्टा लिएर बेलायत आएकी हुन। बेलायतको बसाइमा आफूले सकने अभिनय क्षेत्रमा नेपाली समुदायलाई सहयोग दिने प्रतिबद्धता समेत गरेकी छिन।
कार्यक्रमको उद्देश्य स्वास्थ्य तथा सामाजिक हेरचाहसम्बन्धी अनुसन्धानमा बेलायतमा स्थानीय समुदायले जस्तै नेपाली समुदायले पनि स्वास्थ्य क्षत्रमा आफूले पाउनु पर्ने सुविधा सुनिश्चित गर्न नेपालीहरूको सहभागिता बढाउनु र उनीहरूको अनुभव तथा आवाजलाई अनुसन्धान प्रक्रियामा समेटेर समुदायमा सहयोग गर्नु रहेको आयोजकहरूले बताएका छन्।




