समाचार
कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

काठमाडौं, २१ साउन । सुनसरीको कप्तानगञ्जम घटना परी घाइते भइ उपचारको क्रममा निधन भएका रबिन्द्र मेहताको परिवारले शव बुझ्न मन्जुर भएका छन ।
गृहमन्त्री सुधन गुरुङसहित सरकारी प्रतिनिधिको उपस्थितिमा आज शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा दोस्रो चरणमा भएको छलफल पछि मृतक महतोका परिवार शव बुझ्न सहमत भएका हुन् ।
गृहमन्त्री गुरूङका सचिवालयका अनुसार मृतकका आफन्तलाई घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन दिए पछि उनीहरू शव बुझ्न सहमत भएका हुन् ।
मृतक परिवारले शव बुझे पनि गृहमन्त्री गुरूङसँग भोली थप बार्ता हुनेछ ।




