समाचार

बेलायती आरोही केन्टन कुल २० औं पटक सगरमाथाको शिरमा

काठमाडौं, ८ जेठ । प्रसिद्द बेलायती पर्बतारोही केन्टन कूलले  २० औं पटक सगरमाथाको चुचुरो सफलतापूर्वक आरोहण गरेका छन् ।

आज उनी २० औं पटक सगरमाथा आरोहण गरे पछि अहिले ७,२०० मिटर भन्दा तल झरिसकेका छन । यसअघि उनले २०२५ मे १८ का दिनमा १९ औं पटक सफल आरोहण गरेर किर्तिमान कायम गरेका थिए । 

जो विश्वको सबैभन्दा अग्लो हिमालमा कुनै पनि विदेशी आरोहीले सबैभन्दा धेरै आरोहण गरेको आफ्नै रेकर्ड तोडेका हुन । सबैभन्दा बढी सगरमाथा आरोहणको रेकर्ड नेपाली आरोही कामिरिता शेर्पा (३२औंं)  र पासाङ दावा शेर्पा (३१ औं) दोर्जी ग्याल्जेन शेर्पा (२४ औं)  नाममा रेकर्ड रहेको छ । कुल भने यति धेरै पटक सगरमाथा आरोहण गर्ने पहिलो र एक्ला बिदेशी हुन् ।
 

उनीसँगै आज दोर्जी ग्याल्जेन शेर्पा पनि सगरमाथाको शिखरमा पुगेका छन, उनले आफ्नो २४ औं सफल आरोहण पुरा गरेका हुन् ।

Related Articles

Back to top button

This will close in 0 seconds