समाचार

धनकुटामा ५४.४५ प्रतिशत खस्यो मत

धनकुटा, फागुन २१ गते । धनकुटामा ५४.४५ प्रतिशत मत खसेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनकुटामा ६४ हजार ४९० मत खसेको छ । जसमा ३२ हजार १ सय ५६ पुरुष र ३२ हजार ३ सय ३४ महिला रहेका छन् ।

धनकुटामा १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् भने ११९ मतदान स्थलमा १६६ वटा मतदान केन्द्रमा शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको छ ।

धनकुटाबाट एक प्रतिनिधिसभा सदस्यका लागि १७ उम्मेदवार मैदानमा छन् ।

Related Articles

Back to top button