कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

१८ जनवरी, विजयपुर । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । चुम्लुुङकाे तेस्रो लिम्बुवान प्रदेश अधिवेशनले केरुङलाई अध्यक्षमा निर्वाचित गरेको हाे ।
अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको छ । समितिको उपाध्यक्षद्वयमा तीर्थ साउदेन र दिलु सुब्बा चयन भएका छन् । त्यस्तै, मुख्य सचिवमा दिलकुमार लाओती, सचिवहरूमा दिलु लिङ्देन र प्रेम तुम्बाहाङ, कोषाध्यक्षमा महेश्वर हुक्पा चोङवाङ निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरुमा नारायण आङ्लाबाङ खेवाहाङ, अरुणा सुक्वाबा, शकुन्तला आङ्देम्बे, दौलतमान लिम्बु, किशोर सम्बाहाङ्फे, गोपीमाया लिम्बु, धन प्रसाद केरुङ, वन्दना नेम्बाङ, फिपराज लिम्बु, गिता खजुम, मन कुमार आङ्देम्बे, मनिष हेल्लोक, पदम ताम्लिङ, धनमाया लिम्बु रहेका छन् ।
शनिबार धरानस्थित चुम्लुङ हिममा भएको अधिवेशन निर्वतमान अध्यक्ष डा. मधुराज केरुङकाे अध्यक्षतामा भएको थियोे । अधिवेशन चुम्लुङका संस्थापक नरप्रसाद लुम्फुङ्वाकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे । उद्घाटन समारोहमा नेताहरू जेन्टल लाओती, केपी पालुङ्वा, अशाेक चेम्जोङ लगायतले सम्बाेधन गरेक थिए ।




