
२७ डिसेम्बर, फुङलिङ । उज्यालो नेपाल पार्टीकले पूर्वी क्षेत्रमा सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । यस अभियानअन्तर्गत शनिबार ताप्लेजुङमा समेत तदर्थ समिति गठन भएको छ ।
पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र लाओतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश नम्वर एक अध्यक्ष बिराज आङ्देम्बे प्रदेश सदस्यहरू कीर्तिमान मादेन, सरोज कङ्लिवा, काठमाडौं सम्पर्क समिति सदस्य युवराज गुरुङ लगायतका नेताहरू उपस्थित थिए ।
कार्यकर्ताहरुको भेलाले प्रदीप मादेनको अध्यक्षतामा २९ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको छ । जिल्ला महिला सम्पर्क व्यक्तिमा नरकुमारी नाल्बो र युवा सम्पर्क व्यक्तिहरुमा सरगम शेर्पा, लाजरस अन्छङ्बो र लिला पालुङ्वालाई तोकेको छ ।

जिल्ला तदर्थ समितिकाे सह संयोजकहरूमा पूर्णबहादुर पालुङ्वा, लोकेन्द्र तुम्बाहाङ्फे र प्रवक्तामा अशोक मादेन छन् । सदस्यहरूमा कर्णबहादुर पालुङ्वा, ग्रीष्मा साम्याङ्खाम, वीरेन तबेबुङ, सुरेश आवाजुङ, राजु थाम्सुहाङ, दिपेश मादेन, छिरिङ शेर्पा, टेकबहादुर तामाङ, दिपक गुरुङ, केदारजङ ताप्मादेन छन् । त्यस्तै, अन्य सदस्यहरूमा मिना तामाङ, मिना हाङ्गाम, निशा मादेन, प्रकाश तबेबुङ, अनुशा साँवा, मञ्जिता लिम्बु, अशोक वि.क., विमला दाहाल, यादव कटुवाल, सन्तोष पतङ्वा, ललित थलङ, कमला पालुङ्वा, भीम तबेबुङ, दिवस थलङ, असिम सेन्दाङ छन् ।




