
२६ डिसेम्बर, इलाम । उज्यालो नेपाल पार्टीले मेची अञ्चलमा समेत सङ्गठन विस्तार सुरु गरेको छ । शुक्रबार पार्टीले इलाममा आफ्नो समिति निर्माण गरेको छ ।
इलाम बजारमा आयोजित एक कार्यक्रमले सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय जिल्ला समिति गठन गरेकाे थियोे । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र लाओतीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमबाट प्रवक्तामा अमृत तामाङ चयन भएका छन् । सदस्यहरुमा क्रमश देव कुमार जवेगु, कुमार फत्र, दोर्जे मोक्तान, चतुरमान फियाक लिम्बु, रणध्वज खाम्दाक, हरि गुरुङ, फूल कुमारी सेर्मा, विमला राना मगर, कालिका राना मगर छन् ।
त्यस्तै, अन्य सदस्यहरुमा रुद्र ढुंगाना, तुलसी भट्टराई, अम्बर लिङदेन, गोपाल राई,नगेन्द्र थेगिम, राजेन्द्र थेवे, श्याम एक्तेन, शेरबहादुर लोक्ताम, निर्मला चेम्जोङ, कविता खाम्दाक, सरस्वती सानु येक्तेन, विश्वनाथ ढकाल, विक्रम लेग्गुवा, अमृत प्रधान, पहलमान तामाङ, धनबहादुर लिम्बु, सोनाम तामाङ र राजेन्द्र फागो रहेका छन् ।
कार्यक्रममा केन्द्रीय सदस्य डकेन्द्र सिंह थेगिम, प्रदेश नम्बर एकका अध्यक्ष एबिराज आङदेम्बे, प्रदेश सदस्यहरु टुपेन्द्र येक्तेन, कुमार साम्यु लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो ।




