समाचार

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गरिने

काठमाडौं, ३० कात्तिक । केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ स्वीकृत गरेको छ । आज (आइतबार) गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षमा मन्त्रालयमा बसेको समतिको बैठकले सुरक्षा योजना स्वीकृत गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकले निर्वाचन प्रयोजनको लागि नेपाली सेना परिचालन गर्नको लागि रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको छ ।

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा नेपाली सेनाका रथी सहभागी भएका थिए ।

Related Articles

Back to top button