कैलाश मानसरोवर यात्रामा रहेकी भारतीय महिला सम्पर्कविहीन, परिवार चिन्तित

काठमाडौं । कैलाश मानसरोवर यात्राका क्रममा नेपाल–चीन सीमा नजिकै रहेको रसुवाको टिमुरेबाट एक भारतीय महिला सम्पर्कविहीन भएपछि उनका परिवारजन चिन्तित बनेका छन्।
भारतको मुम्बई निवासी श्रीमती वीणा भीमाजी कुलकर्णी कैलाश मानसरोवर यात्राका लागि आफ्ना साथीहरु संगै यात्रा गरिरहेकी थिइन्।
उनीसँग अन्तिमपटक २६ अगस्ट २०२६ बिहान ८:१५ बजे सम्पर्क भएको र त्यसबेला उनी रसुवाको टिमुरे क्षेत्रमा रहेको जानकारी प्राप्त भएको छ।
सोही दिन बिहान त्रिशुली नदीमा आएको भीषण बाढीका कारण ७०० जना भन्दा बढीको मृत्यु भै सकेको छ भने दुइ हजार भन्दा बढी हराई रहेका छन्।
त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि परिवारजनले उनको खोजी तथा अवस्थाबारे जानकारी उपलब्ध गराइदिन आग्रह गरेका छन्।
वीणा कुलकर्णीबारे कुनै जानकारी प्राप्त हुने व्यक्ति वा संस्थाले सम्बन्धित परिवार वा यात्रा व्यवस्थापनमा संलग्न हिल्स एण्ड ट्रेल्स मुम्बई तथा रिचा टुर्स नेपाललाई जानकारी गराइदिन अनुरोध गरिएको छ।
हाल बेलायतमा रहेका उनका दाजु ओशो सन्यासी स्वामी मदनले आफ्नी बहिनी वीणा कुलकर्णीको अवस्थाबारे कुनै जानकारी भए सम्बन्धित निकाय वा परिवारसम्म पुर्याउन सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन् ।




