धनकुटामा मिनी ट्रक दुर्घटना हुंदा एक जनाको मृत्यु,एक घाइते

धनकुटा,२७ असोज । धनकुटामा ट्रक दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।
गएराति जिल्लाको धनकुटा नगरपालिका ९ पाँचगोलाई स्थित कोशी लोकमार्गमा धनकुटाबाट धरान तर्फ सब्जि बोकेर जांदै गरेको प्र-३-०१-००३ क ६९०६ नम्वरको मिनि ट्रक अनियन्त्रित भई सडक देखि ३ सय मिटर तल खस्दा दुर्घट्ना भएको हो ।
दुर्घटना परि गम्भिर घाइते भएका सह-चालक उदयपुरको रानिटार घर भएका अन्दाजी १९ बर्षिया दिनेश क्षेत्रीको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा आज बिहान ५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
चालक उदयपुरको उदयपुरगढी गाउपालिका ९ कुर्कुनटार बस्ने २६ बर्षिया नारायण खड्का सामान्य घाइते भएका छन् भने उहांको प्रहरीको निगरानीमा जिल्ला अस्पताल धनतुटामा उपचार भई रहेको डीएसपी कार्कीले बताए ।
दुर्घटना स्थलमा प्रहरी चौकी मुलघाटबाट प्रसनि टंक बहादुर थापाको नेतृत्वमा ५ जना र शसस्त्र प्रहरी बल नेपाल सहितको टोलिले दुबै घाइतेको उद्दार गरि उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो ।
मृतकको शव अस्पतालको सव-गृहमा राखेको र साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।




