कालापानी अतिक्रमण बिरुद्द पाख्रिबासमा यसरी गुञ्जियो ‘गो ब्याक ईण्डिया’ को नारा (भिडियो सहित)

पाख्रिबास,धनकुटा । नेपाली भूमि भारतले अतिक्रमण गरेको विरोधमा नेपालका विभिन्न स्थानमा दैनिक जसो विरोध प्रदर्शन भईरहेकाछन् । यसैक्रममा आज धनकुटामा पनग विरोध र्याली प्रदर्शन गरिएको छ । जिल्लाको पाख्रिबास नगरपालिकामा विभिन्न सामुदायिक विद्यालय तथा वोर्डिङ स्कूलका विद्यार्थी,शिक्षक एवम् समाजसेविहरुले वि रोध प्रदर्शन गरेका हुन् ।

स्वतन्त्र विद्यार्थी युनियन जाल्पादेवि क्याम्पस पाख्रिबासद्वारा आयोजित र्यालिले नगरको विभिन्न भागको परिक्रमा गर्दै पाख्रिबास वीच वजारमा आएर कोण सभामा परिणत भएको थियो । सभालाई सम्वोधन गर्दै सभाका वक्ताहरुले सिमा अतिक्रमण आफुहरुलाई कदापी सह्य नहुने वताएकाछन् । उनिहरुले देशको रक्षाका लागि आफ्नो प्राण वलिदान दिन समेत पछि नपर्ने वताएका छन् ।

सभालाई सम्वोधन गर्दै पाख्रिबास नगरपालिका ४ नं वडाध्यक्ष शोवित निरौलाले भारतले गर्दैआएको सिमा अतिक्रमण तत्काल वन्द गर्नुपर्ने वताउनुभयो । नेपाली भूमि समेत समावेश गरी भारतले हालै सार्वजनिक गरेको नयाँ नक्साको विषयमा नेपाल सरकारले राजनीतिक र कुटनीतिक पहल समेत थालिसकेको जानकारी गराउँदै यसमा सम्पूर्ण देशभक्त नागरिकलाई साथ दिन पनि उहाँले आह्वान गर्नुभयो ।

त्यस्तैगरी स्ववियु जिल्ला अध्यक्ष अंकित थापाले वेलुकी सुत्दा नेपाली र विहान उठ्दा भारतीय भएर उठ्नु पर्ने अवस्था सैह्य नहुने भन्दै लिपुलेक, लिम्पियाधुरा तथा कालापानी जस्ता नेपाली भूमि समावेस गरि भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनु पर्नेमा जोड दिनुभयो । पाख्रीवासका समाजसेवि ज्ञान वहादुर गुरुङले पनि नेपाली भूमि रक्षाका लागि सवैजना एकजुट भई लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले यस विषयमा सरकाले राजनीतिक र कुटनीतिक तवरले समस्या समाधान गर्न जरुरी रहेको वताउनुभयो ।

त्यस्तै गरी शिक्षकहरुको तर्फवाट मन्तव्य राख्दै जाल्पादेवी माद्यमिक विद्यालय पाख्रिवासका शिक्षक मान वहादुर राईले भारतिय विस्तारवाद र हस्तक्षेपले नेपालमा पटक पटक हमला गरेर दादागिरी देखाएको वताउनुभयो । उहाँले भारतिय ह स्तक्षेप अन्त्यका लागि सरकारलाई कुटनैतिक दवाव र्सिजना गर्नका लागि कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो । सभामा संघ संस्थाहरको तर्फवाट वलाराम खड्का, पाख्रीवास कृषी क्याम्पसका विद्यार्थी मुन्द्रीका चौरसिया लगायतले मन्तव्य राखेका थिए ।

-यालीमा विद्यार्थी तथा अन्य महानुभावहरुले मातृभूमि नेपाल प्राण भन्दा प्यारो छ,राष्ट्रिय एकता जिन्दावाद, असल मित्रता कायम रहोस् ,लिपुलेक कालापानी हाम्रो हो, गो व्याक इण्डिया भन्दै नारा लगाएका थिए । र्यालीमा जाल्पादेवि मावि पाख्रिवास,जाल्पादेवी वाल क्लव, शितलादेवी वोर्डिङ स्कूल, सयपत्री वोर्डिङ स्कूल पाख्रिवास, पाख्रिवास कृषि क्याम्पस एवम् दिव्यज्योति वोर्डिङ स्कूल पाख्रिवासका विद्यार्थीहरुको सहभागीता थियो । सभाको सञ्चालन स्थानिय ध्रुव पौडेलले गर्नुभएको थियो भने समापन स्वतन्त्र विद्यार्थी युनियन जाल्पादेवी क्याम्पस पाख्रिवासका सभापति सावित्रा घिमिरेले गर्नुभएको थियो ।