स्थानीय

जेनजीहरुको धनकुटामा समेत प्रदर्शन

धनकुटा, २३ भदौ । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरुले धनकुटामा समेत प्रदर्शन गरेका छन् ।

आज दिउँसो सदरमुकाममा भेला भएर जेनजीहरुले प्रदर्शन गरेका हुन् ।

सरकारले समाजिक संञ्जालमा प्रतिबन्द्ध लगाएको भन्दै उनिहरुले निर्णय सच्याउन माग गरेका थिए साथै प्रधानमन्त्रीको राजीनामा समेत मागेका थिए ।

आन्दोलनमा सहभागी धेरैले भने सामाजिक संञ्जाल दर्ता, नियमनका पाटामा सरकारले चालेको कदम लगायत बिषयमा भने जानकारी नभएको तर सरकारले सामाजिक संञ्जाल भन्द गर्ने निणर्य गरेको लागेर प्रदर्शनमा सहभागि भएको बताए ।

प्रदर्शनमा विद्यालय पोशाममा समेत विद्यार्थी आएका थिए ।

Related Articles

Back to top button